दोलखा तनावग्रस्त/शवयात्रा सुरु

jugu-dolakha बुधबार विहान प्रचण्ड समूहका कार्यकर्ताले गौरीशंकर–१, जुगुमा नेकपा (एमाले) का तर्फबाट हुप्पा गाउँका वडा उम्मेदवार गोरे तामाङका छोरा कुलबहादुर तामाङ ‘राजेश’ को हत्या गरेपछि दोलखा तनावग्रस्त भएको छ । निलकण्ठेश्वरमा खाना खाइरहेको अवस्थामा नियोजित रुपमा आक्रमण गरी हत्या गरेको नेकपा (एमाले) दोलखाको दावी छ । प्रहरी प्रधान कार्यालय, अनुसन्धान व्यूरोका एसएसपी शेरबहादुर बस्नेतको नेतृत्वमा एक टोली बुधबार नै घटनास्थलतिर गएको छ । जनकुपर अञ्चल प्रहरी र जिल्ला प्रहरीका अलग–अलग टोलीसमेत घटनास्थलतिर गएका छन् । प्रेस चौतारी सम्बद्ध पत्रकार गणेश बस्नेतका अनुसार आज विहान ११ बजे चरिकोटबाट शवयात्रा एमाले दोलखाको नेतृत्वमा मृतकको घर हुप्पा गाउँतिर जाँदैछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :