क्रान्तिकारी ट्रेड युनियन महासंघ ललितपुरको छैठौं जिल्ला सम्मेलन सम्पन्न

काठमाडौैँ : अखिल नेपालक्रान्तिकारी ट्रेड युनियनमहासंघको ललितपुर जिल्लाको छैठौं जिल्ला सम्मेलन सम्पन्नभएको छ । कार्यक्रममा महासंघका केन्द्रीय संयोजक अमर झाक्रीको प्रमुख अातिथ्यमा ४ सदस्यीयपछि थप्ने गरी १५ सदस्यीय कार्य समिति चयन गरिएको छ ।  कार्य समितिहरुमा अध्यक्षमा राजकुमार मगर, राजकुमार कार्की, सचिवविकास थापा, सहसचिवललितजङ माझी , कोषध्यक्ष रामबहादुर दानगेटी, सदस्यहरु टेक खड्का जिवनथोकर शान्तिथापा ,विकाशतामाङ, बलराम राई दिनबहादुर राई, सन्जयश्रेष्ठ, राजु मगर, विशालकार्की र युके तामाङ रहेका छन् । कार्यक्रममा संयोजक झाक्रीले मजदुरमा भएको, अन्याय, भ्रष्टाचार, दमन, शोषण विरुद्ध लडिरहने र निकाश र देशको फोहोरी राजनीतिको अन्त्य गरी संसदीय व्यवस्थाको खारेज गर्नको लागि एकीकृत जनक्रान्तिमा लाग्न आव्हान गरेका छन् ।त्यसैगरी महासंघका केन्द्रीय सदस्यतथा मध्मकमाण्ड संयोजकगोकुलदाहाललगायतले शुभकामनामन्तव्य राखेका थिए। कार्यक्रमकाअध्यक्षतासमेत गरेका अखिल नेपाल टेड युनियन महासँघका केन्द्रीय सदस्यतथा हाइड्रो तथा खानिको संयोजक लोकेन्द्रराज थापाले गरेका थिए भने सञ्चालन राजकुमार मगरले गरेका थिए ।

२०७४ चैत १९ गते अपरान्ह ४ : ३२ माप्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :