राईलगायत नेकपाका नेताकार्यकर्ताहरु गिरफ्तार / तत्काल रिहाइ नगरे सशक्त प्रतिरोध हुन्छ: विरही

अम्बिका चन्द / काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कोशी ब्यूरो इञ्चार्ज किरण राईलाई प्रहरीले पक्राउ गरेको छ । राईसँगै धनकुटा इञ्चार्ज माधव गौतम ‘आकाश’ सेक्रेटरी नवराज भटराई, संखुवासभा इञ्चार्ज समुल सेक्रेटरी दिव्य बराल, तेह्रथुम जिल्ला सेक्रेटरी कमला लिम्बु, कोशीब्यूरो सदस्य सागर लिम्बुलाई पनि पक्राउ गरिएको छ । सोमबार साँझ धनकुटाको हिलेबाट प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो । पार्टी कामको सिलसिलामा रहेका आफना नेताकार्यकर्ताहरुलाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै नेकपाका पूर्वी कमाण्ड इञ्चार्ज विरहीले एक विज्ञप्ति जारी गरी तत्काल रिहाईको माग गरेका छन् । प्रस्तुत छ विज्ञप्तीको पूर्ण पाठ–
२०५५ सालमा काभ्रे अनेकोटमा भएको सांस्कृतिक टोलीको सामूहिक हत्याकाण्डको विरुद्ध नेकपाले देशव्यापी रुपमा प्रतिरोध दिवस (स्मृतिसभा) गर्दै आएको छ । त्यसक्रममा धनकुटा हिले बजारमा भएको स्मृतिसभालाई प्रहरीले सभाकक्ष नै घेरा हालेर नेकपाका केन्द्रीय सदस्य किरण राई, धनकुटा इञ्चार्ज आकाश, सेक्रेटरी नवराज, तेह्रथुम सेक्रेटरी कमला, लिम्बुवान स्वायत्त जनपरिषदका प्रमुख सागर, संखुवासभा इञ्चार्ज दिव्य, सेक्रेटरी समुललाई गिरफ्तार गरेको छ । अनेकोट स्मृतिसभा मनाउने क्रममा हिले बजारबाट भएको यो गैरन्यायीक, अमर्यादित, यो फासिस्ट सरकारी कदमको हाम्रो पार्टी घोर भत्र्सना र निन्दा गर्दछ । कोशी ब्यूरो इञ्चार्ज तथा केन्द्रीय सदस्य किरण राईसहित सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई तत्काल बिनासर्त रिहाइको माग गर्दछ अन्यथा सशक्त प्रतिरोध गर्न पार्टी बाध्य हुनेछ ।

२०७४ चैत ६ गते बिहान ९ : ३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :