ढकाललार्इ अध्यक्षतामा  चयन गर्दै अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन सम्पन्न

जानकी दहित / दाङ : चिरन्जीवि ढकालको अध्यक्षतामा ५९ सदस्यीय कार्यसमिति चयन गर्दै अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । फागुन २७ गतेदेखि दाङको घोराहीमा भएको अखिल (क्रान्तिकारी) को २१ औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।

जसमा काठमाडौं युनिभर्सिटीबाट नरेन्द्र विक, उपत्यकाबाट शुनिल बन्जाडे, प्रकास अधिकारी, लोकेन्द्र बिष्ट, त्रिभुुवन विश्वविद्यालयबाट प्रकाश शाही, ललित विक, त्रिभुवन युनिभर्सिटीबाट कमल बडुवाल, पोखरा युनिभर्सिटीबाट लोकेन्द्र सार्की, पोखरा विश्वविद्यालयबाट पुष्प न्यौपाने, सिटिइभिटीबाट प्रज्वल शाही, विज्ञान तथा प्रविधिबाट प्रकाश चन्द, भवानी ओझा, सुदुर पश्चिम विश्वविद्यालयबाट विरेन्द्र शाह, राप्ती ब्युरोबाट दाङका हेमन्त जिसी, महिला जनजातिबाट प्रितिमा चौधरी प्युठानबाट पदम पोख्रेल, रुकुमका दिपक विष्ट चयन हुनुभएको छ भने नारायणी ब्युरोबाट मदन केसी प्रलाद गौतम, लुम्बिनीबाट रमेश गैरे, रुपा बुढा मगर, कुलराज पाण्डे, सहिद स्मृति विद्यालयबाट तेज विक्रम वली, भेरीबाट मदन चन्द, प्रेम शाही, भरत रावल, भिम कठायत, कर्णालीबाट रत्न वड, प्रकाश विक, सेतीबाट हर्क विक, झलक विक, विरेन्द्र विक, महाकालीबाट विरेन्द्र लुहार, प्रकाश जप्रेल, शंकर महरा, गण्डकबाट मिलन राई, काजी गुरुङ, डम्बर विक, धौलागिरीबाट आस तमु, सम्रात सापकोटा, पूर्वी ताम्सालिङबाट मुकुन्द श्रेष्ठ, राजकुमार लामिछाने, दिनेश शारु जनकपुरबाट सविन श्रेष्ठ, सगरमाथाबाट सन्तोषी भट्टराई, दुर्गा तामाङ, विकास थापा, विकास राई, कोशीबाट नवराज नेपाल, पुष्प न्यौपाने, मेचीबाट राजु दास, गणेश कार्की, सञ्जय राई, पश्चिम ताम्सालिङबाट लक्षुराम विक, रुद्र भट्टराई, धनबहादुर नेपालीलगायत ५९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै बिहीबार बिहान सम्मेलन सकिएको हो । थप अरु पदाधिकारी केन्द्रीय समितिको बैठकले टुंग्याउने अखिल (क्रान्तिकारी)ले जनाएको छ ।

सम्मेलनको बन्द सत्रमा प्रशिक्षण दिनुहुँदै नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य सन्तोष बुढामगरले विश्व कम्युनिस्ट आन्दोलनको नयाँ विचारको स्वरुपसहित एकीकृत जनक्रान्तिको प्रक्षेपण गरिएको बताउनुभयो । उहाँले युवा विद्यार्थी नै एकीकृत जनक्रान्तिको आधारभूत वर्ग भएकाले देशको मुहार फेर्ने माक्र्सवादी ज्ञानसहितको शिक्षा हुनुपर्ने बताउनुभयो । शैक्षिक क्षेत्रमा दलालीकरण, द्धैत शिक्षा प्रणाली हाबी रहेको भन्दै यसको अन्त्यका लागि वैज्ञानिक शिक्षा वैज्ञानिक व्यवस्थामा मात्र हुने बताउनुभयो ।

नेकपाका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुनले क्रान्तिकारी विद्यार्थीहरु नयाँ–नयाँ विषयको अन्वेषण गर्ने, खोज गर्ने शक्तिभएको बताउनुभयो । कम्युनिस्ट भनेकै वैज्ञानिक हो भन्दै नयाँ तथ्य पत्ता लगाउने, अन्वेषण गर्ने र जीवन व्यवहार बदल्ने वैज्ञानिक शिक्षाका लागि निरन्तर संघर्ष गर्नुपर्ने बताउनुभयो । आधा हात र आधा दिमाग चलाउने वास्तविक वैज्ञानिक बन्न पनि क्रान्तिकारी विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । नैतिक बलले मात्र अहिलेसम्म कम्युनिस्टहरु ठूलठूला लडाई जितेको स्मरण गराउदै उहाँले नेता जलेर भएपनि कार्यकर्ता बचाउनुपर्र्छ, कार्यकर्ता जलेर भएपनि जनता बचाउन पर्ने उल्लेख गर्नुभयो ।पुजीवादको घोडा चढ्ने र समाजवादीको नारा दिने नक्कली कम्युनिस्टका खोल ओढेकालाई आफूहरुले सामाजिक दलाल पुँजीवादी घोषणा गरेको पनि उहाँले स्पष्ट पार्नुभयो । क्रान्ति सन्निकट रहेको भन्दै माक्र्सवादको ज्ञानको विस्तार गर्दै उच्च मनोबलका साथ लाग्न अपिल गर्नुभयो । बन्द सत्रमा नेकपाका केन्दीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सुवास, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो सदस्य सितललगायतले बोल्नुभएको थियो ।

यसैबीच अखिल (क्रान्तिकारी)का नवनिर्वाचित अध्यक्ष चिरन्जीवि ढकालले शिक्षामा भएको प्राकृतिक स्रोत साधनसँग मानव श्रम जोड्न आवश्यक रहेको बताउनुभएको छ । आज दाङको घोराहीमा राष्ट्रिय सम्मेलनको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । अहिलेको अवैज्ञानिक पाठ्यक्रमका कारण शिक्षालाई मानव जीवनको सहजीकरण र सामाजिकीकरण गर्न नसकिएकाले वैज्ञानिक शिक्षाको आवश्यकतामा जोड दिनुभयो । शिक्षामा देखिएको द्धैत शिक्षा प्रणाली, शिक्षा क्षेत्रमा सरकारको कम लगानी, राज्यको गैर जिम्मेवारीपनाका कारण सरकारी विद्यालयको गुणस्तरियता दिनप्रतिदिन खस्कीरहेको भन्दै शिक्षा क्षेत्रमा देखिएका यस्ता समस्या समाधानका लागि आफूहरुले राष्ट्रिय सम्मेलनमा गहन छलफल गरि सरकारी शिक्षालाई गुणस्तर बनाउन र प्रोमोट गर्न मुख्य ऐजेण्डाको रुपमा लिएको उहाँले जानकारी समेत गराउनुभयो ।

राजनैतिक समस्या समाधान नगरि शैक्षिक क्षेत्रका समस्या समाधान नहुने भएकाले अबको विद्यार्थीहरुको भूमिका वैज्ञानिक शिक्षा र सुदृढ संगठन निर्माणमा रहने बताउनुभयो । विद्यार्थीका हरेक समस्यालाई नजिकबाट बुझ्न र समस्या समाधानका लागि नियमित अध्ययरत विद्यार्थी नेताको आवश्यकताले यो सम्मेलनदेखि अध्ययनरत, ३० वर्ष हद भएका विद्यार्थी नेताहरु केन्द्रीय समितिमा समावेश गरिएको उल्लेख गर्नुभयो । हरेक विद्यार्थीका बेञ्च बेञ्चमा पुगेर समस्या बुझ्न सजिलो होस् भन्ने उदेश्यका साथ यो सम्मेलनबाट अध्ययनरत र उमेर हद ३० वर्ष राखिएको बताउदै शिक्षामा रहेको निजिकरणलाई निरुत्साहित गर्दै जनताको जीवनसँग शिक्षा जोड्ने विषय नै आफूहरुको प्रमुख एजेण्डा हुने स्पष्ट पार्नुभयो ।

२१ औं राष्ट्रिय सम्मेलन फागुन २७ देखि ३० गतेसम्म भव्यतापूर्वक सम्पन्न भएको र सम्मेलनलाई सफल पार्न सहयोग गर्ने नेकपा राप्ती, नेकपा दाङ, अखिल (क्रान्तिकारी) राप्ती ब्युरो समन्वय समिति लगायत सम्पूर्णमा कार्यक्रममा वितरित एक विज्ञप्ती जारी हार्दिक धन्यवाद समेत ज्ञापन गरिएको छ ।

२०७४ चैत १ गते अपरान्ह ७ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :