‘निराशाको समय गयो !’ , नयाँ कार्यभार पूरा गर्ने दिन आएको छ


काठमाडौं : जनयुद्धको २३ औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टीका महासचिव कमरेड विप्लवले अब निराश हुने समय गएको बताउनुभएको छ । उहाँले अब नेपाली क्रान्तिको नयाँ कार्यभार पूरा गर्ने दिन आएको पनि बताउनुभएको छ ।

जनयुद्धको २३ औँ वार्षिकोत्सवका अवसरमा रातो खबर साप्ताहिकलाई दिनुभएको लामो अन्तर्वार्तामा महासचिव विप्लवले उक्त कुरा व्यक्त गर्नुभएको हो । विगतका ११ वर्षहरूमा दुईवटा दूरगामी महत्वका घटना भएको प्रसङ्ग उठाउँदै उहाँले भन्नुभएको छ, ‘पहिलो, महान् जनयुद्धलाई साम्राज्यवादी, दलाल पुँजीवादी, संशोधनवादी, आत्मसमर्पणवादी, विसर्जनवादीहरूको साँठगाँठमा विजर्सन गर्ने षड्यन्त्र गरियो । त्यसले गर्दा नेपाली जनताले रगत बगाएर प्राप्त गरेका उपलब्धिहरू गुम्न पुगे । देशमा प्रतिक्रान्ति लाद्ने धृष्टता गरियो । जनयुद्धको नेतृत्वमा रहेका प्रचण्ड—बाबुरामहरूले भयानक गद्दारी गर्दै दलाल पुँजीवादी र साम्राज्यवादीसामु आत्मसमर्पण गर्न पुगे । क्रान्तिमा बेहिच्किचाहट बलिदान गर्ने सहिद तथा बेपत्ता परिवार, घाइते योद्धा र श्रमिक जनतालाई निराशाको भुमरीमा डुबाउन खोजे ! नेपालमा महान् जनयुद्धबाट समाप्त हुनै थालेको प्रतिक्रियावादी संसदीय व्यवस्थालाई फर्काएर पुनस्र्थापना गरियो । दोस्रो, क्रान्तिप्रति गरिएको गद्दारी र प्रतिक्रान्तिकारी हर्कतका विरुद्ध क्रान्तिकारीहरूको विद्रोह भयो । साम्राज्यवादी, दलाल पुँजीवादीहरूका घेराबन्दी चिर्दै साथै आत्मसमर्पणवादी र विसर्जनवादीहरूका अवरोधहरूलाई धुजाधुजा पार्दै क्रान्तिकारी नेता, कार्यकर्ता र श्रमिक जनताले यो विद्रोह ग¥यौँ र नेपाली क्रान्तिलाई समाप्त पार्न चाहने प्रतिक्रान्तिकारी षड्यन्त्रलाई ध्वस्त पारिदियौँ ।

हामीले क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टी निर्माण ग¥यौँ, क्रान्तिलाई पूरा गर्ने ‘एकीकृत जनक्रान्ति’ को कार्यदिशा निर्माण ग¥यौँ । जनताको जनमुक्ति सेना निर्माण ग¥यौँ । जनसत्तालाई पुनः सङ्गठित ग¥यौँ । क्रान्तिका आवश्यक साधनहरू निर्माण ग¥यौँ र प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थाविरुद्ध एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेका छौँ । यो सफलतापूर्वक अगाडि बढ्दैछ । सङ्क्षेपमा भन्दा प्रतिक्रियावादी र आत्मसमर्पणवादीहरूले क्रान्ति समाप्त गर्न चाहेका थिए तर त्यो हामी क्रान्तिकारीहरूको सचेत पहलमा सफल हुन पाएन । क्रान्ति बचेको छ र पुनः अगाडि बढेको छ । हामीलाई लाग्छ यी दुवै नकारात्मक र सकारात्मक घटनाहरू विश्व राजनीतिमा दर्ता भएकाछन् ।’

जनताको बीचमा रहेर जनयुद्ध दिवस मनाइरहनुभएका विप्लवले अगाडि भन्नुभएको छ, ‘जनयुद्ध दिवस भव्य उत्साह र उमङ्गका साथ मनाऔँ ! निराशाको समय गयो ! नयाँ कार्यभार पूरा गर्ने दिन आएको छ । जनयुद्ध र जनविद्रोहको उच्च संश्लेषण ‘एकीकृत जनक्रान्ति’ को मार्गमा लामबद्ध बनौँ । वैज्ञानिक समाजवादका लागि क्रान्ति, क्रान्ति र फेरि पनि क्रान्ति ! सबैलाई पुनः हार्दिक शुभकामना !’

यसै सन्दर्भमा जनयुद्ध दिवसको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) द्वारा संयुक्त रूपमा मनाइएको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरिएको उक्त कार्यक्रमलाई नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले सम्बोधन गर्दै भन्नुभयो, ‘महान् जनयुद्धलाई नेपालका नवसंशोधनवादीहरूले बीचैमा ध्वस्त पारेका थिए । अहिले नेपालका क्रान्तिकारीहरूले नयाँ शिराबाट क्रान्तिलाई अगाडि बढाउने चेष्टा गरिराखेका छन् । प्रचण्डहरूले कम्युनिस्ट पार्टीलाई पूरै प्रतिक्रियावाद उन्मुख बनाएका बेलामा त्यहाँ रहेका क्रान्तिकारी साथीहरूले त्यो पार्टीसँग सम्बन्धविच्छेद गर्दै क्रान्तिकारी ध्रुवीकरणमा आउनुपर्छ ।’ उहाँले विचार र राजनीतिका आधारमा केही समयमा नै नेकपासँग एकता हुने बताउनुभएको थियो ।

उक्त कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य सुदर्शनले माक्र्सवादलाई सही तरिकाले आत्मसात गरेर बलप्रयोगको सिद्धान्तलाई लागू गर्ने बताउनुभयो । बल प्रयोगबिना पुरानो राज्यलाई ध्वस्त गरी नयाँ राज्य निर्माण गर्न नसकिने उहाँले बताउनुभयो । उहाँले अहिले सानो राष्ट्र भए पनि जनगणतन्त्र कोरियाले आणविक हतियार निर्माण गरेर विश्वको सबैभन्दा बलियो भन्ने गरिएको अमेरिकालाई थर्कमान पारेको बताउनुभयो । हतियार भएकैले अहिले कोरियाले अमेरिकालाई बिनासर्त वार्ता गर्ने ठाउँमा पु¥याएको उहाँले बताउनुभयो । उक्त कार्यक्रममा नेकपा (माके) का विद्रोही नेताहरू लोकेन्द्र बिष्ट, गोपाल किराँती र विश्वभक्त दुलाल (आहुति) ले माओवादी केन्द्रका मुख्य नेताहरूले क्रान्तिकारी विचार र राजनीति पूर्ण रूपले छाडी आत्मसमर्पण गरेकाले त्यहाँबाट क्रान्तिकारीहरूले विद्रोह गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । स्रोत : रातो खबर साप्ताहिक
२०७४ फागुन ३ गते बिहान १० : ५८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :