नेकपा (बहुमत) द्वारा सुनसरीको महुली लघुवित्त वित्तीय संस्थामा तालाबन्दी

नेकपा (बहुमत) द्वारा सुनसरीको महुली लघुवित्त वित्तीय संस्थामा तालाबन्दी

इटहरी : नेकपा (बहुमत) सुनसरीले सुनसरीको इटहरी उपमहानगरपालिकाको झुम्कास्थित महुली लघुवित्त वित्तीय संस्थामा ताला लगाएको छ ।
नेकपा (बहुमत) को केन्द्रीय कार्यक्रमअन्तर्गत झुम्कामा रहेको उक्त सहकारीमा तालाबन्दी गरिएको पार्टी जिल्ला संयोजक खगेन्द्र राईले बताए । लघुवित्त तथा सहकारीहरूले सर्वसाधारण जनतालाई गरेको आर्थिक शोषणविरुद्ध आमजनगुनासोका आधारमा साङ्केतिक सङ्घर्षस्वरूप महुली लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गरिएको नेकपा (बहुमत) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :