बुटवल : रूपन्देहीको शङ्करपुरस्थित नेपाल राष्ट्र बैङ्कबाट क वर्गको इजाजत प्राप्त भनिएको सिटिजन लघुवित्त संस्थालाई पीडित स्थानीय बासिन्दाले आइतबार गरेको जनकारबाहीप्रति नेकपा (बहुमत) रूपन्देहीले स्वागत र समर्थन गरेको छ ।
नेकपा (बहुमत) रूपन्देहीका संयोजक विजयले प्रेस विज्ञप्ति जारी गरी पीडित जनताका माग पूरा गर्न र जनतामाथि अनावश्यक ज्यादती नगर्न वित्तीय संस्थाहरूलाई चेतावनी पनि दिएका छन् । पार्टीले जनविरोधी हर्कतहरू नरोकिए थप सङ्घर्ष गर्ने जानकारी पनि दिएको छ ।
प्रतिक्रिया दिनुहोस्