अखिल क्रान्तिकारीका काठमाडौँ अध्यक्ष बिस्ट रिहा


काठमाडौँ : अखिल क्रान्तिकारीका काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द बिस्ट रिहा भएका छन् । बिस्ट सर्वोच्च अदालतको आदेशमा मङ्गलबार रिहा भएका हुन् ।

बिस्टलाई गैरकानुनी रूपमा गिरफ्तार गरिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिटउपर सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिहाइको आदेश दिएको थियो । अमेरिकी परियोजना एमसीसीविरुद्ध प्रदर्शन कार्यक्रममा सहभागी भएको बेला प्रहरीले उनलाई काठमाडौँबाट गिरफ्तार गरेको थियो । यसअघि बिस्टलाई नेपाली भूमि समेटेर भारतले नक्सा सार्वजनिक गरेको विरोधमा आयोजना गरिएको विरोध प्रदर्शनका क्रममा पनि प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :