विजय शर्मालगायत सम्पूर्ण नेता कार्यकर्तालाई तत्काल रिहा गर – शितल


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नारायणनी व्युरोले नारायणनी व्युरो सदस्य तथा चितवन जिल्ला सेक्रटरी विजय शर्मालाई २०७७ बैशाख २३ गते साँझा करिब ७ः३० बजे आफ्नै घरमा पारिवारसहित बसिरहेको अवस्थामा केपी बादल गृह प्रशासन पुलिसको हतियारधारी जत्थाले राजनीतिक पुर्वाग्राह र गैर कानुनी ढंगबाट कुनै कारण विना गिरफ्तार गरेको घटनाप्रति घोर निन्दा एवंम् भत्र्सना गर्दै तत्काल विनासर्त रिहाइको माग गरेको छ ।

नारायणनी व्युरो इन्चार्ज शितलले बुधबार प्रेस वक्तव्य जारी गर्दै, देश लकडाउनमा पारिरहेको समयमा केपी ओलीको सामाजिक दलाल पुँजीवादी सरकार भने एउटा कुर्सी वार र पारको तल्ला दर्जाको हिसाबकिताब गर्दै हाम्रो पार्टी र उत्पीडित जनताकाविरुद्ध विवेक गुमाएको दलाल पुँजीपति शाक्तिद्वारा बल र बन्दुकको भरमा क्रान्तिकारी बिचार, नेतृत्व र क्रान्तिलाई दबाउने जुन कुचेस्टा गरिदैछ त्यो सफल नहुने बरु दलाल पुँजीवादी फासिवादी चरित्र जनताको तगातद्वारा समाप्त गर्ने चेतावनी दिएका छन् । साथै मंगलबार नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल बिरहीलाई पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा सम्वेदनाहिन ढंगबाट पुलिसले नियन्त्रणमा लिइएकोमा दुःख व्यक्त गरी घाइते अनिलको उपचारका लागि सम्बन्धित स्वास्थ्य कर्मिप्रति आशा एवंम् विश्वाससहित स्वास्थलाभको कामना गर्दै विजय शर्मालगायत आदरणीय नेता र सम्पूर्ण कार्यकर्ताको रिहाइकोलागि पहल गरिदिन मानवअधिकारवादी, नागरिक समाज, पत्रकार र प्रतिष्ठित बुद्धिजीविहरुलाई हार्दिक अनुरोध गरेका छन् ।

नारायणी व्युरो इन्चार्ज शितलले वक्तव्यमा भनेका छन्, ‘हाम्रो नेपाल कम्युनिस्ट पार्टी नारायणी ब्यूरो सदस्य तथा चितवन जिल्ला समितिका सचिव कमरेड विजय शर्मालाई गत २०७७ बैशाख २३ गते साँझा करिब ७ः३० बजे आफ्नै घरमा पारिवारसहित बसिरहेको अवस्थामा पुलिसको हतियारधारी जत्थाले कुनै कारण बिना गिरफ्तार गरि लिएको कुरा छ । यसरी हाम्रो पार्टीका नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचिवलाई राजनीतिक पुर्वाअग्राह, कसुर बिना गैर कानुनी ढङ्गबाट गिरफ्तार गर्ने कार्यप्रति घोर निन्दा गर्दछौ । यस अघि २०७७ बैशाख २३ गते बिहान हाम्रो नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कमरेड अनिल बिरही अचानक घरको भर्याङ्बाट लडेर शरिरका विभिन्न भागमा ठुला घाउचोट परेको हुँदा उहाँलाई उपचारकालागि पुरानो मेडिकल कलेज चितवनमा लिइ बेटमा राखेको र चेकजाँचसम्म गर्न नपाउँदै सम्वेदनाहिन ढंगबाट पुलिसले नियन्त्रणमा लिइएको छ । घाइते कमरेड अनिलको उपचारका लागि सम्बन्धित स्वास्थ्य कर्मिप्रति आशा एवंम् बिश्वास गर्दै उहाँको स्वास्थलाभको कामना गर्दछौं । यस्ता घटनाक्रम अमानवीय, गैरकानुनी, मनावअधिकार विरोधी छन् । जुन कार्यप्रति हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ ।’

व्युरो इन्चार्ज शितलले वक्तव्यमा अगाडि भनेका छन्, ‘कोरोना भाइरस महामारी फैलिएर विश्वका कयौं मुलुकहरुका नागरिकहरुको ज्यान लिइरहेको र हाम्रो नेपालमा पनि संक्रमित भइरहेको अवस्था रहेको छ । कोरोना भाइरसका कारण नेपाली नागरिकहरुको पनि अन्य मुलुकहरूमा ज्यान गइरहेको छ । देश लकडाउनमा पारिरहेको समयमा उत्पीडित जनतामा झनपछि झन बेरोजगारी, भोकमरीले पीडित भइरहेको तमाम समस्या आइपरेको बेला केपी ओलीको सामाजिक दलाल पुँजीवादी सरकार भने अनियमितता, भ्रष्टाचार, कालोबजारी, चोरी र कमिसनको खेलमा त छ नै आफ्नै पार्टी र सरकारभित्रको आन्तरिक र घिनलाग्दो किचलोको स्तर एउटा कुर्सी वार र पारको तल्ला दर्जाको हिसाबकिताब गर्दै हाम्रो पार्टी र उत्पीडित जनताकाविरुद्ध विवेक गुमाएको दलाल पुँजीपति शाक्तिद्वारा बल र बन्दुकको भरमा क्रान्तिकारी बिचार, नेतृत्व र क्रान्तिलाई दबाउने जुन कुचेस्टा गरिदैछ त्यो सफल नहुने र बरु दलाल पुँजीवादी फासिवादी चरित्र जनताको तगातद्वारा समाप्त गर्ने ठोकुवा गर्दछौ ।’

इन्चार्ज शितलले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘यस अर्थ हाम्रो पार्टीका चितवन जिल्ला कमिटी सचिव कमरेड बिजय शर्मालगायत हाम्रो आदरणीय नेता र सम्पूर्ण कार्यकर्ताको रिहाइकोलागि पहल गरिदिन मानवअधिकारवादी, नागरिक समाज, पत्रकार र प्रतिष्ठित बुद्धिजीविहरुप्रति हार्दिक अनुरोध गर्दछौं ।’ वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :