नेकपाका केन्द्रीय सदस्य नवीन र नेत्री धीरेन्द्रा अदालतबाटै गिरफ्तार

 काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नवीन विश्वकर्मा र नेत्री धीरेन्द्राकुमारी उपाध्याय ‘भृकुटी’ लाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको छ ।

सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो तर प्रहरीले परिसरबाटै पुनः गिरफ्तार गरेको हो । प्रहरीले एनसेलमा बम विस्फोटसँगै राजद्रोहको मुद्दा लगाएको थियो । जिल्ला अदालत ललितपुरको आदेशलाई पाटन उच्च अदालतले खारेज गरेको थियो । त्यसपछि दुवै नेतालाई प्रहरीले पुनः गिरफ्तार गरेर धरान, कालीकोट हुँदै दैलेख पुर्याएको थियो ।

गैरन्यायिक रूपमा गिरफ्तार गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । सोमबार सर्वोच्च अदालतले दुवै नेतालाई थुनामुक्त गर्न आदेश दिएको थियो । तर प्रहरीले अदालत परिसरबाटै गिरफ्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :