एमसिसि परियोजना बिरुद्ध कपिलबस्तुमा अन्तरक्रिया

काठमाडौँ :अमेरीकी हिन्दप्रसान्त रणनीति अन्तर्गतको विवादीत परियोजना एमसिसीको भण्डाफोर गर्न कपिलवस्तुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवा सङ्गठन नेपाल र अखिल (क्रान्तिकारी)को संयुक्त आयोजनामा उक्त अन्तरक्रिया सम्पन्न भएको हो । शनिबार सम्पन्न कार्यक्रममा बोल्ने बक्ताहरुले साम्राज्यवादको बढ्दो हस्तक्षेप र अतिक्रमण विरुद्ध न्यायप्रेमी देशभक्त जनताहरु एकजुट हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै युवा संगठनका लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले एमसिसि सदनबाट पारित गर्ने कोसिस भए युवाहरुले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टीले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी बिरुद्ध देशैभरी बिभिन्न कार्यक्रमहरु गरिरहेको छ । एमसिसीको मुख्य उदेश्य दक्षिण एसियामा अमेरिकाले खडा गरेको हिन्दप्रशान्त रणनीतिलाई अर्थराजनीतिक मोर्चाबाट कार्यान्वयन गराउने उदेश्य भएको र यसले नेपाललाई अमेरिकी सैन्य गठबन्धनमा सहभागी बनाउने भन्दै नेकपाले यसको विरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :