तीज पर्वको अवसरमा महिला संघ क्रान्तिकारी लुम्बिनी व्युरोद्वारा शुभ-कामना

काठमाडौं : अखिल नेपाल महिला संघ क्रान्तिकारी लुम्बिनी व्युरोले तीज पर्वको अवसरमा श्रमीक महिलाहरुप्रति शुभकामना व्यक्त गरेको छ । आइतवार एक प्रेस विज्ञप्ती जारी गर्दै व्युरो संयोजक ममता विकले नेपाली महिलाहरुमाथि शोषण, दमन, उत्पीडन कायम रहेको भन्दै यसको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था भएको बताएको छ ।

विज्ञप्तिमा तीजको नाममा पुँजीवादी उपभोक्तावादी संस्कृति फैल्याइएको भन्दै चाडपर्वहरुलाई श्रमसँग जोड्दै आन्दोलनको रुपमा मनाउनुपर्ने बताइएको छ । यसैगरि अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देहीले पनि तीजको अवसरमा शुभकामना दिएको छ । तीजले महिला मुक्तिको पक्षमा संघर्षमा उत्रिन प्रेरणा दिनुपर्ने बताएको छ ।

व्युरो संयोजक ममता विकले विज्ञप्तिमा भनेकी छिन्, ‘नेपाली महिलाहरुको महान पर्व तीज २०७६ को शुभ अवसरमा नेपालका सम्पूर्ण श्रमजीवी तथा न्यायप्रेमी महिलाहरुमा हार्दिक शुभकामन व्यक्त गर्दछौं । पितृसत्तात्मक शासन व्यवस्था र पुरुष प्रधान सामाजिक बनोटका कारण हामी नेपाली महिलाहरुमाथि हुने हत्या, शोषण, दमन, उत्पीडन र विभेदका विरुद्धको संघर्ष पुरा भएको छैन । झन् बढी विकराल र पेचिलो बन्दै गएको छ ।’

संयोजक विकले विज्ञप्तिमा अगाडि भनेकी छिन्, ‘दलाल पुँजीवादी उपभोक्तावादी संस्कृतिको बाढी नै चलेको छ । आम श्रमजीवी महिलाहरुलाई नाफा आर्जन गर्ने वस्तुको रुपमा खरिद विक्री गरिदैछ र भोगविलासको साधन बनाइदैछ भने अभिजात वर्गीय महिलाहरुलाई देश र जनतालाई लुटेको धनको प्रदर्शन र प्रतिस्पर्धा गर्ने साधन बनाइएको छ । श्रमसँग जोडिएका संस्कृति र मुक्ति आन्दोलनसँग जोडिएका संस्कृति र मुक्ति आन्दोलनसँग जोडिएका गीत संगीतलाई एकातर्फ अन्धविश्वासी, महिला विरोधी रुढीवादसँग जोडिएको छ भने अर्कोतर्फ छाडा, अश्लिल उपभोक्तावादी संस्कृतिको विकृतिमा होमिएको छ ।’

व्युरो इन्चार्ज विकले विज्ञप्तिको अन्त्यमा भनेकी छिन्, ‘यो दलाल पुँजीवादी संस्कृति कै विशेषता हो । वैज्ञानिक समाजवादको प्राप्ति विना श्रमजीवी महिलाको मुक्ति सम्भव छैन । आउनुहोस्, एकीकृत जनक्रान्तिको माध्यमबाट अगाडी बढौं । यही आव्हान्का साथ पुनः सम्पूर्ण नेपाली श्रमजीवी महिलाहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’

२०७६ भदौ १६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :