कपिलवस्तु : कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेका छन् । गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले गएराती आगजनी गरेका हुन् ।
शनिबार राति सदरमुकाम तौलिहवामा रहेको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०.५० बजेतिर आगजनी भएको हो ।
आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ ।आगजनीकाे जिम्मा अहिलेसम्म कसैले पनि लिएकाे छैन ।
२०७६ साउन २६ गते आइतबार प्रकाशित
प्रतिक्रिया दिनुहोस्