राष्ट्रिय उद्योग महासंघद्वारा खुलामञ्चका व्यवसायीहरुकालागि सरकारसँग क्षतिपुर्तिको माग (विज्ञप्तिसहित)


काठमाडौं : राष्ट्रिय उद्योग वाणिज्य महासंघले खुला मञ्चमाका व्यवसायीहरुलाई उचित क्षतिपुर्ति दिन सरकारसँग माग गरेको छ । महासंघका महासचिव योगेश बुढाथोकी र अध्यक्ष श्रीकृष्ण बस्नेतद्धारा बैशाख १७ गते जारी विज्ञप्तिमा सरकारले डोजर लगाएर क्षति पुरयाईएका सामाग्रीको उचित क्षतिपुर्ति उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराएको छ ।

सटर हटाउनु पुर्व व्यवसायीलाई कम्तिमा एक पटक खबर पनि नगरी निम्न आए भएका व्यवसायको करोडाैंको क्षति पुर्याउने कार्य राज्य आतंकको उच्चतम नमुना भएको विज्ञप्तिमा भनिएको छ । खुलामञ्चमा अनाधिकृत रुपमा रहेका सटरहरु भत्काउँदा निम्न आय भएका व्यवसायीहरु ठगिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको बताईएको छ ।

काठमाडाैं महगनपालिका केही आर्थिक चलखेल र प्रलोभनमा परि मञ्चजस्तो ऐतिहासिक स्थानमा कानुन विपरीत टहरा निर्माण गरी प्रति सटर १० देखि १५ लाख रुपैयाँ सम्ममा भाडा दिने उक्त कार्यको पनि महासंघले घोर आपत्ति जनाएको छ । सरकारी स्वामित्वमा रहेको जग्गामा सटर निर्माण गर्न दिने महानगरका कर्मचारी, ठेकेदारलाई कानुन बमोजिम कडा कारबाही गर्न मागसमेत गरेको छ र आगामि दिनमा यस्ता अनाधिकृत गतिबिधिहरु नियन्त्रणकोलागि सरकारको ध्यानाकर्षण समेत गराइएको छ । विज्ञप्तिकाे पूर्णपाठ….

२०७६ वैशाख १९ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :