जनसांस्कृतिक महासङ्घले राईलाई दिइयो समवेदना

काठमाडौँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तर्गत रहेको केन्द्रीय सांस्कृतिक टोली सामना परिवारका जनकलाकार एवम् अखिल नेपाल जनसांस्कृतिक महासङ्घका सदस्य युवराज राईका बुबा रामबहादुर राईको ५७ वर्षको उमेरमा निधन भएको छ । रामबहादुर राईको उदयपुर जिल्ला, रौतामाई गाउँपालिका ३ मा अवस्थित आफ्नै निवासमा पुस १७ गते असमायिक निधन भएकोप्रति महासङ्घले दुःख व्यक्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलियाले बुधबार शोक वक्तव्य प्रकाशित गर्दै भने, ‘नेपाल र नेपाली जनताको वास्तविक परिवर्तन तथा रूपान्तरणकारी अभियानमा निरन्तर क्रियाशील रहँदै आउनुभएका राईका बुबा रामबहादुर राईको निधनको खबरले हामी स्तब्ध भएका छौँ ।’ उनले रामबहादुर राईप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै युवराज राई, उहाँको शोकसन्तप्त परिवारजन, पार्टीपङ्क्ति तथा शुभचिन्तक सबैप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

२०७५ पुस १८ गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :