सुर्खेतमा एकै परिवारका ३ जनाको मृत्यु / रत्न राजमार्ग ठप्प

काठमाडौं / साउन २९ : अविरल वर्षापछि गएराति १२ बजेतिर गएको पहिरोले घर बगाउँदा सुर्खेतको वीरेन्द्रनगरबाट पूर्वमा पर्ने गुर्भाकोट नपा–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय छिन्चुले बताएअनुसार पहिरोले घर बगाउँदा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ वर्षीय नाती बिक्रम बुढा र १२ वर्षीय सरन बुढाको मृत्यु भएको हो । मृतकको शव प्रहरीले भर्खरै निकाले छ । त्यस्तै पहिरोको कारण रत्नराजमार्ग अन्तरगत हर्रे–कोहलपुर सडक खण्ड अवरुद्ध भएको छ ।

२०७४ साउन २९ गते ९ : १४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :