सर्बोच्च अदालतको आदेशमा हमाल रिहा, महासंघद्वारा स्वागत

काठमाडौँ : केही समय पहिले  पोखराबाट गिरफतार परेका पत्रकार ओम हमाल सर्वोच्च अदालतको आदेश अनुसार मंगलबार रिहा भएका छन् । पत्रकार हमालको रिहाईको लागि हमालकी  श्रीमती मोनिका गुरुङले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिईन् ।

रिहा लगत्तै नेपाल बार एशोसियनको प्राङ्गणमा नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले हमाललाई सम्मान गरेका छन् ।
नेपाल पत्रकार केन्द्रीय सदस्य जैसीले पत्रकार हमाललाई सम्मान गर्दै पत्रकारहरुमाथि राज्य निरंकुश नबन्न र अनाहकमैं पत्रकारलाई पक्राऊ गरेर दुख नदिन चेतावनी दिए । साथै पत्रकारमाथिको ज्यादती तत्कालै रोक्न र आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन सरकारलाई आग्रह गरे ।
भदौ ८ गते नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जैसीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट उपर आदेश जारी गर्दै सर्वोच्च अदालतले मंगलबार रिहा गर्न आदेश दिएको थियो । तर पत्रकार हमाललाई पुन पक्राउ गरी बुधबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालबाट ७ दिनको म्याद थपिएको थियो । उनलाई सर्वोच्चको आदेश विपरीत पुनः पक्राउ गरेपछि पत्रकार महासंघले सञ्चार तथा सुचना प्रविधि मन्त्रीलाई ध्यानाकर्षण गराएको थियो ।

२०७६ भदौ २४ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :