तेह्र सय बढी युवाहरुबाट करोडौं रकम असुलेर म्यानपावर सञ्चालक फरार

काठमाडौं : युवाहरुलाई उत्कृष्ट रोजगारीकालागि टर्की पठाएर जनही ३ लाखदेखि ४ लाख ५० हजार असुल गर्ने ५ वटा म्यानपावर सञ्चालक फरार भएका छन् । फरार हुनेमा डेल्टा इन्प्लोइमेन्ट सर्विस प्रा.लि., युरो नेपाल ओभरसिज प्रा.लि., स्वीप्ट नेपाल म्यानपावर प्रा.लि. र मास्र्टर जव प्रा.लि.का सञ्चालकहरु फरार भएका हुन् । ती म्यानपावरहरुले सम्झौता अवधि भनेर पठाएका १३ सय ६५ बढी युवा ५ महिनामै टर्कीको राजधानी स्टानबुलबाट कम्पनीले फिर्ता पठाएपछि उनीहरु फरार भएका छन् । युवाहरुलाई टर्कीमा स्टील फिक्चर, जिप्सन बोर्ड, कार्पेन्टर, मेशन, पेन्टर र स्काफोल्डरको काममा लगाउने भनी पठाए पनि अधिकांश युवाहरुलाई क्लिनरको काम लगाइएको र ५ महिनापछि कम्पनीले नेपाल फर्काएपछि उनीहरु बिचिल्लीमा परेका छन् ।

ती म्यानपावरहरुले टर्की पठाएका एकजना पिडित उदय परियारले भने नेपालबाट हामीलाई टर्की पठाउँदा म्यानपावरले विभिन्न लालच देखायो । जनही ३ देखि पाढे ४ लाखसम्म असुल गरियो तर हामीलाई ५ महिना नपुग्दै नेपाल फर्काइयो । हामी ब्याज तिर्नसक्ने अवस्थामा पनि छैनौं र म्यानपावर सञ्चालक र एजेन्टहरु गायव भएका छन् । त्यस्तै स्तानबुलबाट नेपाल फर्केका पिडित मनोज गुरुङले भने हामीलाई नेपालबाट पठाउँदा २ वर्षको अवधि भनेर पठाइयो तर टर्की पुगेपछि हामीलाई थाहाँ भयो । फ्रि भिसा र फ्रि मेडिकलमा पठाइएको रहेछ । कम्पनीले ५ महिनामै नेपाल फिर्ता पठायो । हामीले वैदेशिक रोजगार विभागमा न्याय पाउँ भनी पुग्यौं तर अहिलेसम्म न्याय पाएका छैनौं । त्यसकारण हामीले मिडियामा आएका हौं । पिडित मनोज गुरुङले भने ।

उता वैदेशिक रोजगारी विभागका कार्यकारी निर्देशक हुमनाथ गुरागाईले भने म्यानपावर सञ्चालकहरु सम्पर्कमा नभएको र कानुनी प्रक्रिया अगाडि बढाएको बताए र म्यानपावरहरुको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङलाई सोध्दा सम्बन्धीत म्यानपावर सञ्चालकहरु संघको सम्पर्कमा नभएको कारणले केही भन्न नमिल्ने बताए । बाँकी भिडियोबाट……

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :