छत्र बम्जनद्वारा सञ्चालित इम्यानियल कन्स्ट्रक्सनमाथि नेकपाले गर्यो कारवाही


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी सिन्धुली जिल्लाले छत्र बम्जनद्वारा सञ्चालित इम्यानियल कन्स्ट्रक्सनमाथि कारवाही गरेको छ । सिन्धुली जिल्ला सेक्रेटरी सागरले शुक्रबार प्रेस विज्ञप्ति निकाली छत्र बम्जनद्वारा सञ्चालित कन्स्ट्रक्सनले गुण्डागर्दी गर्ने, स्थानीय जनतालाई दुःख दिने र गुणस्तरहीन जस्ता काम गर्दै गैरकानुनी ढंगबाट सञ्चालन गरेको भन्दै चेतावनी स्वरुप उक्त कारवाही गरेको बताएका छन् ।

जिल्ला सेक्रेटरी सागरले विज्ञप्तिमा भनेका छन्, ‘छत्र बक्जनद्वारा सञ्चालित इम्यानियल कन्स्ट्रक्सनमाथि कारवाही भएको छ । गुण्डागर्दी गरेको, स्थानीय जनतालाई दुःख दिएको, गुणस्तरहीन काम गरेको आदि कारणले चेतावनी स्वरुप उक्त कन्स्ट्रक्सनमाथि कारवाही गरिएको हो ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ मंसिर ६ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :