कैलालीमा यात्रुवाहक साधन दुर्घटना / २ को मृत्यु २१ घाइते


काठमाडौं / भदौ ५ :  कैलाली, खानीडाँडामा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ घाइते भएका छन् । धनगढीबाट डोटीको विपीनगर जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख ५६३५ नम्बरको यात्रुवाहक साधन सोमबार दिउँसो १ बजेतिर चुरे गापा–५ खानीडाँडामा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार मृतकहरुमा डोटी जोरायल गापा–५ का ७० वर्षीय नर बहादुर देउवा र कैलाली जोशीपुर गापा–५ की ४८ वर्षीया दुर्गा देवी मल्ल छन् । घाइते सबैको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भइरहेको छ । भने १ जनालाई थप उपचारको लागि भारतको हल्द्वानी रिफर गरिएको बुढामगरले बताए ।

२०७४ भदौ ५ गते ४ : २४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :