रगतको भेलबाट सिर्जित हाम्रो महान् सपना

२४ औँ जनयुद्ध दिवस र सहिद सप्ताह मनाउँदै गर्दा महान् वीर योद्धा, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु हाम्रो कर्तव्य हुन आउँछ । आज देश लोकतान्त्रिक गणतन्त्र नामको ब्यानरसम्म पुगेको छ । कथित संविधानको एक खोस्टो पनि कागजमा देखिन्छ । यहाँसम्म आइपुग्दा शान्तिसम्झौता, अन्तरिम संविधान, गर्भमै तुहाइएको संविधानसभा हुँदै यहाँसम्म ल्याइपु¥याउने नेपाली जनता र जनयुद्धको समीक्षा गर्न अत्यावश्यक छ बाह्रबुँदे समझदारी, सहमतिपत्रको गम्भीर समीक्षा गर्न जरुरी छ । शान्तिसम्झौताको पनि सही समीक्षा र उचित निष्कर्षमा पुग्न अति आवश्यक छ । यहाँ दलालहरू कथित संसद्वादीहरूले माओवादी आन्दोलनको व्यवस्थापन भयो । अब देश समृद्धितिर जाने हो भनेर मुकुन्दे बोली बोलिरहेका छन् ।

यहाँ माओवादीका नाममा केही भुरेटाकुरे गनाएका, वर्गघाती, धोकेबाजको व्यवस्थापनले माओवादी आन्दोलनको व्यवस्थापन हुँदैन । माओवादीका नाममा केही कायरहरूको आत्मसमर्पणकारीहरूको वर्ग परिवर्तन गराएर समग्र माओवादीहरूको व्यवस्थापन भएको देख्नु भनेको दिउँसै रात पार्ने गल्ती गर्नु हो । यो देशलाई यो समयसम्म पु¥याउन आफ्नो जीवनको आहुति दिनेहरूको रगतको भेलबाट सिर्जित हाम्रो महान् सपना जीवितै छ । कम्युनिस्ट पार्टी नेता–कार्यकर्ताको अथक अभियान जारी नै छ । माओवादी मुक्ति आन्दोलनबाट सिर्जित संविधानसभा, समानुपातिक प्रणाली, आत्मनिर्णयको अधिकारजस्ता महान् मुद्दामा आज सामाजिक फासिवादीहरूको हालिमुहाली बनेको छ । जनमुक्ति सेनाको रक्तरञ्जित इतिहासलाई आज दलालहरूले नामेट गर्ने दुष्प्रयास गर्दैछन् । बालुवाटार र नयाँबानेश्वरको राष्ट्रघाती, भ्रष्टाचारी, बलात्कारीहरूको रङ्गमञ्चबाट कुर्लिरहेका छन् खबरदार दानवहरू जनमुक्ति सेना नभएको भए आज तिमीहरू भ्रष्टाचारी, सहिदका सपना बेचेर खानेहरू कतिपय ज्ञानेन्द्रका जेलमा सडिरहेका हुन्थ्यौ, तिम्रा किड्नीमा कीरा परिसक्थे कतिपय त ज्ञानेन्द्रका चर्पी सफा गर्ने नोकरीमा हुन्थ्यौ । तिमीहरूलाई रछ्यानबाट उठाएर सिंहदरबारमा जनमुक्ति सेनाको बलिदान र अथक मेहनतले मात्रै पु¥याएको हो । यत्रो महान् बलिदान गर्ने, शरीरका अङ्ग गुमाउने मृत्युवरण गर्नेहरूको आज कतै पनि सम्बोधन भएको देखिँदैन । खबरदार फासिवादीहरू ! तिम्रो लूटको स्वार्थ ध्वंस गर्नजसरी प्रचण्डले विसर्जन गरेको नेपाली क्रान्तिको झन्डा क्रान्तिकारीहरूले चिहानबाट उठाएर क्रान्तिको विजययात्रामा अघि बढाइरहेका छन् । ठीक त्यसै गरेर जनमुक्ति सेना पनि चिहानघाटबाट क्रान्तिकारी मुर्दा बनेर लुटखसोटको स्वर्गको अन्त्य र स्वर्णिम वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि एकीकृत जनक्रान्तिको महान् अभिभारा बोकेर अगाडि बढिरहेको छ । नेपाली श्रमजीवी क्रान्तिकारी जनसमुदाय र जुझारु युवाहरूलाई एकीकृत जनक्रान्तिको बाटो हुँदै वैज्ञानिक समाजवादी व्यवस्थामा पुग्ने एक मात्र आजको सही विज्ञानको बाटोमा लामबद्ध हुन हार्दिक आह्वान गर्दछु ।

आज पुँजीवादले हाम्रो समाजलाई एकीकृत गर्नुभन्दा पनि नातावाद–कृपावादमा, सामाजिक विकृति–विसङ्गति, भ्रष्टाचार, विकासका नाममा राष्ट्रघात, बलात्कार, महँगी चर्काे कर मूल्यवृद्धिमा परिणत भएको छ । सामजिक सहिष्णुताभन्दा पनि जाति–जनजाति, पूर्व–पश्चिम, पहाडी–मधेसी, थारू भनेर, सामाजिक सद्भाव खलबल्याएर आफ्नो व्यक्तिगत स्वार्थपूर्तिमा सामाजिक फासिवादीहरू आफ्नो लुटको स्वर्ग जोगाउन लागिरहेका छन् । यसबाट क्रान्तिकारीहरू र क्रान्तिकारी जनसमुदाय सचेत हुन जरुरी छ । यसको सही समाधान भनेको एकीकृत जनक्रान्तिको महान् मुक्तिको बाटो मात्र सही र एक मात्र उचित बाटो हो । यसमा हामी सहभागी हुन अबेर नगरौँ । २४ औँ जनयुद्ध दिवसको शुभअवसरमा हामीले जनयुद्धदिवससहित ‘वैज्ञानिक समाजवाद ओ स्वायत्त गणराज्य प्राप्तिके लाग थारू आन्दोलन, आत्मनिर्णयके अधिकार ओ जातीय स्वशासन के लाग सातौँ जिल्ला सम्मेलन’ मूल नारासहित कैलालीमा थारूको सम्मेलन सम्पन्न गरेका छौँ । सम्मेलनले महान् जनयुद्धमा थारू जातिको गौरवमय बलिदान गर्ने कमरेड जोखन थारू मङ्गल थारूलगायत सयौँ वीर योद्धाको सपना बोकेर एकीकृत जनक्रान्तिको महान् यात्रामा अघि बढ्ने उद्घोष पनि गरेको छ । सदियौँदेखि सामन्ती राज्यव्यवस्था र आफूले बलिदान गरेपछि घुसपैठ गरेर अघि आएको लोकतान्त्रिक दलाल व्यवस्थाबाट पनि पीडित भएको पछिल्लो चरणमा आफ्नो सत्ताको खोजीका लागि इमानदार थारूहरूले गरेको टीकापुर आन्दोलन पनि केही अति जातिवादी, विदेशीका एजेन्टले आफ्नो व्यक्तिगत स्वार्थपूर्तिमा परिणत गरेपछि त्यसबाट पाएको धोकाबाट पाठ सिक्दै थारूहरूको अथक मेहनतलाई विज्ञानसँग जोड्ने एकीकृत जनक्रान्तिको सिद्धान्तसँग जोडिने प्रण गर्नुभएकोमा पनि हृदयदेखि धन्यवाद दिनुपर्छ ।

२०७५ फागुन ८ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :