भेनेजुएलाको हस्तक्षेपलाई लिएर बुद्धिजीवीको विरोध

 काठमाडौँ : भेनेजुएलामाथि अमेरिकी साम्राज्यवादको षड्यन्त्रमा भएको राजनैतिक हस्तक्षेपलाई लिएर चौतर्फी विरोध भइराखेको सन्दर्भमा नेपालको क्रान्तिकारी बुद्धिजीवीहरुको संगठनले एक वक्तव्य निकालेर विरोध जनाएको छ । उक्त संगठनका केन्द्रीय महासचिव ब्यापक नेपालीले २४ जनवरीमा वक्तव्य निकालेर विरोध गरेका हुन् । उनले वक्तव्यमा भनिएको छ, “उत्तर साम्राज्यवादी र दक्षिणपन्थी देश अमेरिकाले भेनेजुएलाका जनता र त्यहाँको राजनीतिलाई संकटतिर धकेलिरहेको छ । त्यसको हामी घोर विरोध गर्दछौं । अमेरिकाले जुवानो गुइटोलाई अन्तरिम् राष्ट्रपतिका रुपमा मान्यता दिनुले साम्राज्यवादले आफ्नो कठपुतलीलाई चुनाव वा अन्य माध्यमबाट स्थापित गर्न चाहान्छ भन्ने कुरालाई पुष्टि गर्दछ । यसो गर्नुले साम्राज्यवादले पूर्व समाजवादीहरुका विरुद्ध युद्धको घोषणा गर्नु सरह हो भनिएको छ ।”

उनीहरुको कथित प्रजातन्त्र र ध्रवीकरणले गर्दा भेनेजुएलाका ३० लाखभन्दा जनता गृहभूमि छाड्न बाध्य भएका छन् भनिएको छ । अन्तमा भनिएको छ त्यसैले हामी विश्वमा रहेका सबै बुद्धिजीवी र देशभक्तहरुले यसको विरोध गरौं ।

२०७५ माघ १२ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :