कारागारका बन्दीमाथि अन्याय नगर्न नेकपाको चेतावनी

भद्रपुर : नेकपा झापाले कारागारका कैदीबन्दीहरूमाथि अन्याय नगर्न जेलर र प्रशासनलाई चेतावनी दिएको छ । झापा सदरमुकाम चन्द्रगढीस्थित कारागारमा रहेका कैदीबन्दीहरूले १७ बुँदे माग राखेर आन्दोलन गरेपछि कैदीबन्दीका मागप्रति ऐक्यबद्धता जनाउँदै नेपाल कम्युनिस्ट पार्टी झापाले उक्त चेतावनी दिएको हो ।

नेकपा झापाका सेक्रेटरी सुमनसिंह पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कैदीबन्दीहरूले उठाएका जायज मागहरू यथाशीघ्र पूरा गरी भयरहित अवस्थामा कैद भुक्तान गर्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्दै आफ्ना गलत क्रियाकलापको ढाकछोप गर्नकै निम्ति कैदीबन्दी स्थानान्तरण नगर्न, प्रशासन प्रयोग गरेर कैदीबन्दीमाथि दमन नगर्न सचेत गराउँदै बन्दीहरूका जायज माग पूरा गर्न अनुरोध गर्दछौँ ।’

बन्दीहरूले विभिन्न १७ वटा विषय अगाडि सार्दै आफ्ना मागहरू राखेका छन् ।

२०७५ फागुन ८गते बुधबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :