चितवनमा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

चितवनमा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न गरेको छ । मोलपोत चोकबाट निकालिएको जुलुसले एमसीसी खारेज गर, दलाल सरकार राजीनामा दे, महिलालाई ५० प्रतिशत अधिकार दे भन्दै गगनवेदी नारासहित मङ्गलबार जिल्ला प्रहरी कार्यालय हुँदै चोविसकोटी गई सभामा परिणत भएको थियो ।

उक्त सभामा विशेष समिति सदस्य उत्सवले पुँजीवादी व्यवस्थामा महिलाहरूलाई अधिकार दिएको जस्तो गरेर दमन गरिएको र श्रमिक महिलाका अधिकारका निम्ति सङ्घर्ष गर्न जरुरी रहेको बताए । यस्तै अखिल नेपाल महिला क्रान्तिकारीकी केन्द्रीय सदस्य अञ्जनाले मतव्य राखेकी थिइन् ।

कार्यक्रममा विशेष समिति सदस्य ध्रुर्व, विशेष समिति सदस्य रुद र जिल्ला सचिव मीनप्रसाद सापकोटा, महानगर इन्चार्ज दुर्गा सुवेदी, महानगर सचिव राजकुमार, युवा सङ्गठन नेपालका चितवन अध्यक्ष रणदिप, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ जिल्ला इन्चार्ज हुकुम खड्का, इच्छाकामना इन्चार्ज रघुविर लगायतका नेताहरूको उपस्थिति रहेको थियो भने उक्त सभालाई कालिका इन्चार्ज सिसम शाहीले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :