बाढीपहिरो प्रभावितको उद्धार गर्न गएको टोली नै अलपत्र

१५ साउन, बागलुङ ।  जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि गएकोे टोली बीचैमा अलपत्र परेको छ ।

Baglung-Badi3

ठाउँठाउँमा सडक अवरुद्ध हुँदा हिँडेको तीन दिनमा पनि टोली घटनास्थल पुग्न सकेको छैन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन, रेडक्रस, उद्योग वाणिज्य सङ्घलगायतको उद्धार टोली बिहीबार सदरमुकामबाट हिँडेको थियो । टोलीमा संलग्न जिल्ला प्रशासन कार्यालय बागलुङका खरदार जगुलाल पाण्डेले प्रभावित ठाउँमा राहत पुर्याउन नसकिएको बताए ।

दर्जनौँ ठाउँमा सडक अवरुद्ध भएकाले पहिरो पन्छाउँदै हिँड्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उद्योग वाणिज्य सङ्घका सहकोषाध्यक्ष अर्जुन चोखालले आज बिहान भिमगिठेमा पुगेर टोली रोकिएको टेलिफोनमार्फत् बताए ।  सेनाको दुई र सशत्र प्रहरीको एउटा ट्रकमा राहत सामाग्री सहित उद्धार टोली त्यसतर्फ खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :