चितवनमा एउटै ब्यारेकका ४२ प्रहरी कोरोना सङ्क्रमित

काठमाडौँ : कोभिड नियन्त्रण र रोकथामका लागि अग्रपङ्क्तिमा खटिने स्वाथ्यकर्मी र सुरक्षाकर्मीहरु कोरोनाको पहिलो निशानामा पर्ने गरेका छन् ।

यसैबीच चितवनको भण्डारामा रहेको सशस्त्र प्रहरीका ४२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । भरतपुरमा रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जना प्रहरी सङ्क्रमित भएको पाइएको हो ।

सशस्त्र प्रहरीको भण्डारास्थित गणमा मात्र ५० जना सङ्क्रमित भइसकेका छन् । पहिले आठजनामा सङ्क्रमण भेटिएपछि ६० जनाको स्वाब सङ्कलन गरिएकोमा थप ४२ जनामा सङ्क्रमण भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :