नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२६, आजै मात्र ६ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ सय २६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँकी १ महिला, मकवानपुरका १ पुरुष, सप्तरीका १ पुरुष, पर्साकी १ महिला र २ पुरुषको मृत्यु भएको छ । कोरोनालाई पराजित गर्नेको सङ्ख्या भने १७ हजार ९ सय ६४ रहेकोे छ ।

यस्तै विश्वभरि नै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या केही दिनमै ८ लाख पुग्ने देखिएको छ । विश्वभरि मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म ७ लाख ९१ हजार ६ सय ७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :