रुपन्देहीमा गोली चल्यो, एकको मृत्यु

बुटवल : रुपन्देहीको शंकरपुरमा गए राति १२ बजेतिर प्रहरीले हानेको गोली लागि एक जना व्यक्तिको मृत्यु भएको छ ।
मारिनेमा तस्कर समूहको एक सदस्य रहेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेट युपी ५३ एच २०२८ को मोटरसाइकलमा आएका तस्करले प्रहरीलाई गोली हानेपछी जवाफी कारबाहीको क्रममा गोली हानिएको हो ।
तस्करको गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । तस्करहरुले हानेको गोली श्रेष्ठको बायाँ पाखुरामा लागेको थियो ।
मारिएका व्यक्तिको परिचय खुलेको छैन ।

२०७५ पुस २९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :