काठमाडौंँ : पत्रकार तथा रातोखबर साप्ताहिकका प्रबन्ध निर्देशक भिमप्रसाद चापागाईँ रिहा भएका छन् । चापागाईँलाई बुधबार काठमाडौँ जिल्ला प्रशासनले धराैटीमा रिहा गरेको हो ।
पत्रिकाको कामको शिलसिलामा रहेकाेबेला प्रबन्ध निर्देशक चापागाईँलाई प्रहरीले ११ दिनअघि काठमाडौँबाट गिरफ्तार गरेको थियो । प्रहरीले उनलाई अभद्र व्यवहारको मुद्दा चलाएको थियो ।
चापागाईँको रिहाईको माग गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी र जनपत्रकार संगठन ललितपुरका अध्यक्ष विनोद श्रेष्ठ काठमाडौँ जिल्ला प्रशासन कार्यालय पुगेका थिए । चापागाईँको गिरफ्तारी संचारमाध्यममाथिकाे नियाेजीत हमला भन्दै पत्रकार संगठनहरुले विरोध गरेका थिए ।
उनीहरुले मिडिया सम्बद्ध ब्यक्तिमाथि आस्थाकै आधारमा गिरफ्तार गरेको भन्दै जनताको अभिब्यक्ती स्वतन्त्रतामा बन्देज लगाउन नहुने बताए ।
चापागाईँको गिरफ्तारी संचारमाध्यममाथिकाे नियाेजीत हमला भन्दै जनपत्रकार संगठन नेपाललगायतले विरोध गरेका थिए ।
जनपत्रकार संगठन नेपालका अध्यक्ष प्रकाश डुम्रे लगायतले चापागाईँको अबिलम्ब रिहाइको माग गरेका थिए । उनीहरुले प्रेस स्वतन्त्रतालाई खुम्च्याउने नियतले चापागाईँलाइ गिरफ्तार गरिएको भन्दै आपत्ति जनाएका थिए ।