भ्रष्टाचार विरोधी अभियानमा साथ दिन युवा संगठनको अपिल

काठमाडौँ : नेकपा निकट युवा संगठन नेपाल सेती महाकाली ब्युरोले स्थानियतहका रहेर भ्रष्टाचारी, कमिशनखोरी र ब्यभिचारीहरुमाथि जनकार्वाही गर्ने चेतावनी दिएको छ । सो संगठनको सेती महाकाली ब्युरो इन्चार्ज जिवनका नामबाट बिहिबार जारी एक विज्ञप्तिमा भ्रष्टाचारीहरुलाई कार्बाही गर्ने अभियान स्वरुप कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वार्ड नम्बर दुईका वडा अध्यक्ष जनकबहादुर साउदलाई जनकार्बाही गरिएको जनाएको छ । उक्त विज्ञप्तिमा नेकपा निकट युवा संगठन नेपाल, सेती– महाकाली व्युरो सधैव रास्ट्रघात, जनघात, भ्रष्टाचार, तस्कर, मानव तस्कर र हर क्षेत्रका माफिया र दलालहरुलाई कार्बाही गर्ने बताएको छ । साथै संगठनले देशभक्त, राष्ट्रवादी,रास्ट्रप्रेमी, समाजसेवी , भ्रष्टाचार विरोधी वुद्धिजिवी, कर्मचारी, पत्रकार, मानव अधिकारवादी र सेना प्रहरीले समेत आफुहरुको अभियानमा साथ दिन अपिल गरेको छ । विज्ञप्ति सहित :

          नेपालको वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थाको कथित स्थानियतह भ्रष्टाचार कमिसनखोर र व्यभिचारीहरु बस्ने थलो बनेको छ । दिन प्रतिदिन जनसेवाका काममा ढिला सुस्ती र भ्रष्टाचार बढिरहेको छ । कथित स्थानियतहमा जनताको ढाड सेक्ने गरी कर वढाईएको छ, सोझा साझा जनताको काम भन्दा दलाल र तस्करीको काममा बढी तदारुकता दिइएको छ । नागरिकता सिफारिस, जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाई सराई र जग्गाको करमा अत्याधिक वृद्धि गरिएको छ । जनताबाट उठेको करमा व्यापक भ्रष्टाचार र लुट मच्चिएको सर्वविधितै छ । जनताका दैनिक काममा हुने बाधा र जनविरोधी कार्यका विरुद्ध युवा संगठन नेपाल, सेति–महाकाली व्युरोको ध्यान केन्द्रित भएको छ ।
नेपाली युवाहरुको जुझारु संगठन युवा संगठन नेपाल, सेती– महाकाली व्युरो सधैव रास्ट्रघात, जनघात, भ्रष्टाचार, तस्कर, मानव तस्कर र हर क्षेत्रका माफिया र दलाल पुँजिवादी संसदीय व्यवस्थाका विरुद्ध लामो समय देखि लड्दै आएको छ । यो ब्यवस्थालाई मिल्काएर एकीकृत जनक्रान्तीको बाटोबाट वैज्ञानिक समाजवाद स्थापना गर्ने महान बाटोमा संगठन निरन्तर हर चुनौतिको सामना गर्दै आएको छ । यसैबीच
कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वार्ड नम्बर दुईका कथित वार्ड अध्यक्ष जनकबहादुर साउदलाई हाम्रो संगठनले जनताको र युवासाथीहरुको माग आनुसार जनकारबाही गरेको स्पस्ट गर्न चाहान्छौ ।

१) लाखौ रुपैया भ्रष्टाचार गरेकोले ।
२) जनताका अतिआवश्यक काममा ध्यान नदिने उल्टै हेप्ने र थर्काउने गरेकोले ।
३) जनताका दैनिक काममा निकै ढिला सुस्ती र गैरजिम्मेवार रहदै आएकोले ।
४) जनताको आवाज उठाएको नेपाल कम्युनिस्ट पार्टी माथी सुराकी गरेको र क. नन्दु बमलाई प्रहरी बोलाएर गिरफ्तार गर्न लगाएकोले ।
युवा संगठन नेपाल, सेतीमहाकाली व्युरोले २०७६ भाद्र २६ गते उनकै कार्यकक्षमै चेतावनी स्वरुप जन कार्वाही गरेको यो विज्ञप्ति मार्फत जानकारी गरिन्छ फेरि जनविरोधी कार्य नसच्चिए कडा भन्दा कडा कार्वाही गर्ने र अरुलाई पनि यस्ता कार्य नगर्न जानकारी गरिन्छ । सवै देशभक्त, रास्ट्रप्रेमी, समाजसेवी , भ्रष्टाचार विरोधी वुद्धिजिवी, कर्मचारी, पत्रकार, मानव अधिकारवादी र सेना प्रहरीको साथ रहने विश्वास लिएका छौ ।

क्रान्तिकारी अभिवादन सहित
जीवन

२०७६ भदौ २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :