देशैभरी नेकपाद्धारा कालो झण्डा र व्यानर प्रदर्शन

चैत २४ गते देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने


काठमाडौं :नेपाल कम्युनिस्ट पार्टीले चैत २२ गते देशभर कालो झण्डा प्रदर्शन गरेको छ । सरकारको प्रतिबन्धको बाबजुत नेकपाले २२ गते सबै स्थानीय तहमा कालोझण्डा प्रदर्शन गरेको हो ।
पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार २२ गते आ–आफ्नो अनुकुलतामा देशभर नेकपाका नेता तथा कार्यकर्ताहरुले कालो झण्डा प्रदर्शन गर्दै बिभिन्न स्थानमा कालो ब्यानर टाँगेका छन् ।
यसैक्रममा नेकपा कैलाली जिल्ला अन्तरगत धनगढी उपमहानगरपालिकाको मोतीचोक, बुद्ध चोक र फुलबारीमा कालो झन्डा र व्यानर टाँसेको छ ।

जिल्लाको प्रत्यक नगरपालीका र गाउँपालिकामा झण्डा प्रदर्शन गरेको नेकपाले जनाएको छ । पार्टीका नेता तथा कार्यकर्ताहरुको गिरफ्तार र पार्टीमाथि लगाईएको प्रतिबन्धको बिरोधमा नेकपाका महासचिव विप्लवले चैत ११ गते बिज्ञप्ति निकालेर नेपाल बन्द सहित २४ गते सम्मको चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

नेकपाले चैत १६ गते आह्वान गरिएको नेपाल बन्द भने नेपाल बार एसोसिएसन र एसईई परिक्षा परेपछि बारको आग्रहका कारण स्थगित गरेको थियो । घोषित कार्यक्रम अनुसार २३ गते पनि कालो झण्डा प्रदर्शन र २४ गते देशव्यापी जनप्रदर्शन र जनसभाको आयोजना गर्दैछ ।

२०७५ चैत २३ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :