दुख्छ – २

कविता

दुः ख्छ
विगत दुख्छ/आगत झनै दुख्छ
कोराकतिर
जिउँदै कोलमा पिसएिका चेपाङहरू दुख्छन्
गोलीले झ्याङप्वाल पारिएका
चिउरीका बुटाहरू दुख्छन् ।
शक्तिखोरतिर कन्टेनरका चाबी दुख्छन्
प्रतीक काका !
तिम्रो रगतसँग साटेका बन्दुकहरू
तिम्रो क्याप्टेनलाई दुख्न छोडेपछि
तिमीलाई मात्रै दुखेर के हुन्छ र !?
दुख्छ
ज्यामिरेतिर कमलहरू दुख्छन्
बेखबर कुमारहरू दुख्छन्
भालु भञ्ज्याङतिर लेकालीहरू दुख्छन्
पिठुवातिर निसानहरू दुख्छन्
कमरेड उज्ज्वल !
तिम्रो रगतमा ठडिएको चोमोलोङ्मा
प्यारीडाँडाको टावरबाट
कुरूपकुरूप देखिन थालेपछि
तिमीलाई मात्रै दुखेर पो के हुन्छ र !
अर्चना बैनी
तिम्रा क्याप्टेनहरू सिंहदरबार छिरेका छन् रे
सिंहदरबारले जुम्ल्याहा भवन देख्छ
दिल्ली दरबार देख्छ
तर रङ्गिला सिंहदरबारले
रिउको भेलमा झगरुहरू डुबेको देख्दैन
गमबहादुरकी छोरी भोकले
कसैको पिँढीमा ढलेको दृश्य
सिंहदरबारको क्यामेराले देख्दै–देख्दैन
ए, मर्दनिया भैया !
राप्तीको कहर तिमीलाई मात्र दुखेर के हुन्छ र !?
प्यारीडाँडाको फ्रिजमा बिफ सडेकै छ
छरछरेका सुकुमबासी छाप्रातिर
हाँडी, मटुला रोएर के हुन्छ र !
गमबहादुर दाइ !
जलेको घरको खाँबोजस्तो
उराठ–उराठ तिम्रो छाती
प्यारीडाँडा नदुखेपछि
तिमीलाई मात्रै दुखेर के हुन्छ र ?
दुख्छ/जताततै दुख्छ
भरतपुर ब्यारेकतिर
जुनाहरू/आस्थाहरू/बालाहरू दुख्छन्
कसरा ब्यारेकका अपमानहरू दुख्छन्
मगनीचोकतिर
एलकेडीले उछिट्टिएका
अङ्ग–अङ्ग झनै दुख्छन्
ए, समीटारका छोरा !
लुटिएका आधारइलाकाहरू
तिम्रो क्याप्टेनलाई नदुखेपछि
तिमीलाई मात्रै दुखेर के हुन्छ र ?
भिमादतिर शारदाहरू दुख्छन्
अमरोठतिर पर्सावल दुख्छ
समरहरू दुख्छन्डी/बीहरू दुख्छन्
मलिना यादवका परेलीहरू दुख्छन्
माया काउचाका हिक्काहरू झनै दुख्छन्
घाँटी कसैले अँठ्याएझैँ दुख्छ
मुटुको भेट्नो रेटेझैँ दुख्छ
माडीतिर झर्दा
नीलकण्ठहरू दुख्छन्के/शवहरू दुख्छन्
सुन्तली भाउजू !
रातो बालुवाटारमा तिम्रो खसम दुख्दैन
तिमीलाई मात्रै तिम्रो खसम दुखेर
के पो हुन्छ र सुन्तली भाउजू !?
काठमाडौँलाई आजभोलि
तिम्रो सहिद खसम दुख्दै–दुख्दैन !
आधारइलाकातिर
शोकधुन बजिरहेको बेला
विजयोत्सव मनाइरहेको छ प्यारीडाँडो
प्यारीडाँडाको विजयोत्सवमा
दिल्ली र न्युयोर्क प्रीतिभोज गर्छन्
पृथ्वी उल्टो घुम्दैछ क्यार !
हिजो क्याप्टेन रुँदा गाउँ रुन्थ्यो
आज क्याप्टेन हाँस्दा कोराक रुन्छ
क्याप्टेनको भाषा छर्लङ्गै बुझ्ने गाउँहरू
प्यारीडाँडाको भाषा बुझ्न छोडेका छन्
दीपेन्द्र काका !
भन्नुस् न भन्या—
कोराक बौलायो कि क्याप्टेन ?
कोराकलाई दुखेर प्यारीडाँडालाई के हुन्छ र !
बलवान् प्यारीडाँडाले
अयोग्य घोषणा गरिदिन सक्छ
इन्सास खोसेर
जुठा हाडहरू बाँडिदिन सक्छ
धरधरी रोइदिन सक्छ
अप्सराहरूसँग छमछमी नाचिदिन सक्छ
प्यारीडाँडालाई कोसीको कहरभन्दा
लकरको गोपनीयता दुख्छ
दुख्छ/जताततै दुख्छ ।।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :