चीनको बुहानबाट उद्धार गरिएका सबैलाई भक्तपुरको खरिपाटी लगियो

फाेटाे : रासस

काठमाडौँ :चीनको वुहान शहरबाट उद्धार गरेर नेपाल ल्याइएका नेपाली सबैलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पु¥याइएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण पश्चात उनीहरुलाई खरिपाटी पु¥याईएको हो । स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएपछि सीधै क्वारेन्टाइनमा लगिएको हो । कोरोना भाइरस महामारी फैलिएको चीनबाट ल्याइएकाले उनीहरु सबैलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ । उद्धार गरिएकाहरुलाई विमानस्थलबाट खरिपाटीसम्म पु¥याउन ५ बस र एउटा एम्बुलेन्स प्रयोग गरिएको थियो । ती गाडीहरुलाई प्रहरीले स्कर्टिङ गरेको थियो । उनीहरूलाई नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौँ ल्याईएको हो । वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो । १ सय ८५ जना नेपालीलाई ल्याउने तयारी गरिएपनि ६ जना ज्वरोका कारण वुहान विमानस्थलमै रोकिएका छन् । ४ जना भने स्वइच्छाले नेपाल नआएको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :