क्रान्तिकारी ट्रेड युनियन महासङ्घ सङ्गठन विस्तारमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ कै क्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ उपत्यका मजदुर विशेष ब्युरोले सङ्गठन विस्तारमा थप तीव्रता दिएको छ ।

अभियानरत होटेल टिमले काठमाडौँ, ललितपुर र भक्तपुरस्थित बर्जर पेन्ट इन्टरनेसनलमा कार्यरत मजदुरहरूसँग छलफल गरी शनिबार उपत्यकास्तरीय मूल एकाइ समिति गठन गरेको छ ।

कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य तथा होटेल टिमका प्रमुख अभियन्ता ईश्वर बुढाथोकी, महसङ्घका केन्द्रीय सदस्य सरोजप्रसाद न्यौपाने, महासङ्घकै प्रमुख पेसागत घटक सङ्घ अखिल नेपाल क्रान्तिकारी सङ्घसंस्था श्रमिक सङ्घका केन्द्रीय सदस्य राम घिताङलगायतको उपस्थिति थियो ।

प्रतिष्ठानले मजदुरहरूलाई विभिन्न प्रकृतिका काममा लगाउँदा हालसम्म पनि प्रचलित श्रम ऐनबमोजिम न्यूनतम् रूपमा रोजगार सम्झौतासमेत नगराएको पाइएको र बर्जरले श्रमिकहरूको श्रमशोषण गरेको मजदुर नेताहरूले बताएका छन् ।

कार्यक्रममा मजदुरहरूको उल्लेख्य उपस्थितिका बीच नरेन्द्र बोहोराको अध्यक्षतामा २३ सदस्यीय उपत्यकास्तरीय मूल एकाइ समिति गठन गरिएको अभियन्ता बुढाथोकीले बताएका छन् । नवनिर्वाचित श्रमिकहरूलाई बधाई तथा शुभकामना दिँदै अतिथिहरूले वैज्ञानिक समाजवाद स्थापनाका निम्ति आआफ्नो स्थानबाट सशक्त भूमिका निर्वाह गर्न अपिल गरेका थिए ।

नवनिर्मित मूल एकाइ समितिमा अध्यक्ष नरेन्द्र बोहोरा, उपाध्यक्ष गणेश खत्री, सचिव माधव थापा, कोषाध्यक्ष इन्द्र कुमाल, सदस्यहरूमा गनबहादुर कार्की, विशाल तामाङ, गोविन्द थापा, शम्भु काफ्ले, सुजन मैनाली, दीपेश देवकोटा, तुलबहादुर गुरुङ, दीपक तामाङ, महेश खत्री, तीर्थराज घिमिरे, विकास ठकुरी, नारायण ठकुरी, हरिबहादुर ठकुरी, राधाकृष्ण थापा, दिनेश विक, प्रेम गुरुङ, रूपेश तामाङ र रवि आछामी छन् ।

२०७५ फागुन २० गते साेमबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :