सर्लाहीमा युवा संगठन नेपालको तेस्रो भेला सम्पन्न

प्रतिबन्ध खारेज गर्दै युवा गर्जन


सर्लाही : नेपाल कम्युनिस्ट पार्टी निकट युवासङ्गठन नेपाल सर्लाहीले सरकारले लगाएको प्रतिबन्ध खारेज गर्दै तेस्रो जिल्ला भेला सम्पन्न गरेको समाचार प्राप्त भएको छ ।

सर्लाहीबाट प्राप्त समाचार अनुसार भेलाको प्रमुख अतिथि जिल्ला इन्चार्ज कुमार पौडेल, अतिथि जिल्ला सेक्रेटरी लालबहादुर लामा, सत्ता प्रमुख सीताराम शाह, महिला नेत्री प्रमिला र जिल्ला सदस्य तेतर शाहले भेला सफलताको शुभकामना मन्तव्य दिएका थिए ।

जिल्ला इन्चार्ज कुमार पौडेलले एकीकृत जनक्रान्तिमा दृढतापूर्वक अघि बढ्न र दलाल सरकारले लगाएको प्रतिबन्ध डटेर प्रतिवाद गर्न निर्देशन दिएका थिए ।

भेलाले सफलको नेतृत्वमा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको अध्यक्षमा सफल लामा, उपाध्यक्ष गोविन्द चौधरी, सचिव रोजन मगर र सदस्यहरू कीर्ति लामा, सर्वेन्द्र, विशाल, अखिल, अर्जुन, रन्जित, वसन्त, सञ्जीवलगायत चयन भएका छन् ।

२०७६ जेठ ३० गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :