युवा संगठनद्वारा सहिदहरुको सम्झनामा वृक्षारोपण कार्यक्रम सम्पन्न


बाँके : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल, बाँके जिल्ला समितिले एकीकृत जनक्रान्तिका महान् सहिदहरुको सम्झनामा आइतबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

बाँके जिल्ला अध्यक्ष दिपकको नेतृत्वमा वडा नं. ८ मा वृक्षारोपण कार्यक्रम गरिएको बताइएको छ । वृक्षारोपण कार्यक्रममा स्थानीय जनतासहितको सहभागिता रहेको थियो ।

२०७६ भदौ २९ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :