मध्यरात तीनवटा डोजरमा आगजनी


म्याग्दी : बगुवाखोलामा तीनवटा डोजरमा आगजनी गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति १२ बजे आगो लगाएको हो ।

निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको बताइएको छ । जिसीले संचार माध्यमलाई दिएको जानकारी अनुसार बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका डोजरमा गए राति आगो लगाइदिएको हो । उनले निष्पक्ष छानविनको मागसमेत गरेका छन् । आगलागीबाट तीनवटै जेसिभी जलेर नष्ट भएका छन् ।

घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पटक–पटक अज्ञात समूहले धम्की दिने गरेको भए पनि आगलागी कसले गरेको हो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय म्याग्दीले आगजनी गर्नेको खोजी भइरहेको जनाएको छ ।

२०७६ भदौ २६ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :