मतदानकेन्द्रमा बम भेटियो

सर्लाही : सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ मा रहेको मतदानकेन्द्रमा बम फेलापरेको छ । मतदानकेन्द्रमा रहेको पानी खाने अम्खोरामा टाइम बम फेलापरेको हो ।
अम्खोराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा बम भेटिएको प्रहरीले जनाएको छ । उक्त मोबाइलमा ८ बजेर ५ मिनेको समय निर्धारण गरिएको प्रहरीले जनाएको छ ।
फेलापरेको अम्खोरामा पी ए के विस्फोटक पदार्थ भरिएको थियो । विस्फोट हुनुभन्दा अगाडि नै सुरक्षाकर्मीले जानकारी पाएको थियो । उक्त विस्फोटक पदार्थलाई रणशेर गणको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :