पार्टी पुनस्र्थापना दिवसका अवसरमा भव्य जनसभा

कालीकोट : पार्टी पुनस्र्थापना दिवसका अवसरमा जिल्लामा भव्य जनसभा सम्पन्न भएको छ । सभामा नेकपाका भेरी–कर्णाली ब्युरो सदस्य भीष्म शाही, अखिल क्रान्तिकारीका भेरी–कर्णाली ब्युरो संयोजक पुष्प न्यौपाने, अनेमसङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य शान्ति विक, पार्टीका एरिया इन्चार्ज कञ्चन शाही, जिल्ला सल्लाहकार सदस्य समग्रले बोलेका थिए ।

पार्टी पुनस्र्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले दलाल संसदीय व्यवस्थाको अन्त्य गरी राष्ट्रिय स्वाधीनतासहितको वैज्ञानिक समाजवाद स्थापना गरिने बताए । वक्ताहरुले कालीकोटका दलाल भ्रष्टहरूलाई दमाहा बजाएर लखेट्न आमजनसमुदायलाई अपिल गरेका थिए ।

कार्यक्रममा जिल्ला सल्लाहकार समग्रले पनि बोलेका थिए । उक्त कार्यक्रममा ८ जना सहिद परिवारलाई सम्मान गरिएको थियो । कार्यक्रममा घाइते र जेलमा बन्दी भएकाहरुका परिवारलाई सम्मान व्यक्त गरिएको थियो । प्रमुख अतिथिले सहिदको सपना पूरा गरेरै छोड्ने बताएका थिए । सभाको अध्यक्षता एरिया इन्चाज महेन्द्र शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :