नेपाली भूमि भारतले आफ्नो नक्सामा पारेको बिराेधमा अखिल (क्रान्तिकारी)द्वारा संघर्ष घोषणा


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले राष्ट्र र जनताप्रति न्युनतम पनि जवाफदेहिता छ भने वर्तमान ओली सरकारलाई भारतीयहरूद्वारा नेपाली भूमीमाथिको अतिक्रमणको विरुद्ध बोलेर देखाउन चुनौती दिएका छन् । अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले बुधबार विज्ञप्ति जारी गर्दै सो चुनौती दिएका हुन् । अध्यक्ष चिरञ्जीवी ढकालले नेपाली दलाल शासकहरूको लाचारीपन र दरिद्र मानसिकताको फाइदा उठाउँदै भारतीय शासकहरूले भूमि अतिक्रमण लगायत नेपालमाथि लाड्दै आएको हरेक प्रकारको दादागिरीको विरोध गर्न नेपालका सम्पूर्ण विद्यार्थी, वुद्धिजीवि, पत्रकार, कर्मचारी, सुरक्षा निकाय तथा सच्चा राष्ट्रवादीहरूमा विशेष अपिलसमेत गरेका छन् । उनले अतिक्रमित नेपाली भूमि फिर्ता गराउन र नेपालमाथि भारतीय दादागिरीको अन्त्यकालागि अखिल (क्रान्तिकारी)ले यहि कात्तिक २० देखि २३ गतेसम्म वुद्धिजीवि, सीमाविद्, राष्ट्रवादी व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने साथै कात्तिक २१ गते देशव्यापी क्याम्पसहरूमा विरोध प्रदर्शन गर्ने, २२ गते भारतीय दुतावसमा मागपत्र पेश गर्ने र संयुक्त राष्ट्र संघको नेपाल कार्यालयमा उजुरी दिने, २३ गते जिल्ला स्तरमा देशव्यापी विरोध प्रदर्शन गर्ने र २४ गते मसाल जुलुस तथा पुत्ला दहन गर्नेसमेतको कार्यक्रम घोषणा गरेका छन् । विज्ञप्तिको पूर्णपाठ…

२०७६ कार्तिक २० गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :