नेपालमाथिको भारतीय हस्तक्षेप अन्तर्राष्ट्रिकरण हुँदै

बेल्जियमको भारतीय दूतावासमा नाराजुलुससहित प्रदर्शन


काठमाडौँ : भारतीय साम्राज्यवादले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई आफ्नो देशको राजनीतिक नक्सामा राखेपछि संसारभर छरिएर रहेका नेपालीहरूले आआफ्नो स्थानबाट विरोध प्रदर्शन जारीप् राखेका छन् । यसैक्रममा बेल्जियमका नेपालीहरूले ब्रसेल्सस्थित भारतीय दूतावासमा भारतको उक्त कदमको विरोध जनाउँदै ज्ञापनपत्र बुझाएका छन् । ’गो ब्याक इन्डिया फ्रम नेपाल’ लेखिएको ब्यानरसहित बेल्जियमस्थित विभिन्न राजनीतिक सङ्गठन, एनआरएन, जातीय तथा क्षेत्रीय सङ्घसंस्थाहरूको उपस्थितिमा भारतीय दूतावास, ब्रसेल्समा नाराजुलुस गरिएको हो ।

नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमको विशेष पहलमा आयोजना गरिएको उक्त कार्यक्रममा यहाँका सबै राजनीतिक सङ्गठनका नेतृत्वहरूले भारतको अन्यायपूर्ण गतिविधिको घोर बिरोध गरेका छन् । प्रतिकूल मौसमलाई चुनौती दिँदै दूताबासअगाडि ‘गो ब्याक इन्डिया, कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो हो, भारतीय साम्राज्यवाद मुर्दावाद’ लगायत नारा लगाएका थिए ।

नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङले सञ्चालन गरेको कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष जित लामा, प्रवासी नेपाली मञ्चका महासचिव चन्द्र शर्मा, प्रवासी नेपाली एकता समाजका अध्यक्ष बालकृष्ण कँडेल, नेपाली सङ्घीय समाजका अध्यक्ष नेत्र मगर, नेफिन बेल्जियमका उपाध्यक्ष होम गुरुङ, जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटा, एनआरएन बेल्जियमका अध्यक्ष चित्र सुवेदी, एनआरएनका केन्द्रीय सहकोषाध्यक्ष लोक दाहाललगायत अन्य सङ्घसंस्थाका व्यक्तिहरूले भारतीय विस्तारवादी÷साम्राज्यवादी नीतिको विरोध गर्दै मन्तव्य राखेका थिए । नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेलले ज्ञापनपत्रको मर्मबारे बुझाउँदै सबैमाझ पढिसकेपछि दूतावासमा बुझाइएको युरोपबाट प्राप्त समाचारमा जनाइएको छ ।

२०७६ मंसिर ३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :