नेकपा कपिलवस्तुद्वारा राजबन्दीहरुको फोटो प्रदर्शन सहित कोणसभा

कपिलबस्तु :नेपाल कम्युनिस्ट पार्टी कपिलबस्तुले सो पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत शुक्रवार जेल तथा हिरासतमा बन्दीबनाईएका नेता तथा कार्यकर्ताहरुको रिहाइको माग गर्दै फोटो प्रदर्शन गर्दै कोणसभा सम्पन्न गरेको छ । कपिलबस्तु जिल्लाको विभिन्न ग्रामीण वस्तीहरुमा नेकपाका नेता कार्यकर्ता तथा स्थानीय जनताको उपस्थितिमा बन्दीहरुको फोटो प्रदर्शन तथा कोणसभा गरिएको हो । कोणसभालाई नेकपाका कपिलवस्तु जिल्लाका नेताहरुले सम्बोधन गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै नेकपाका नेता पावेलले सरकारद्वारा गैरन्यायिक ढंगले जेल हिरासतमा राखिएका नेताकार्यकर्ताहरुको रिहाईको माग गरेका थिए । साथै उनले आफ्नो पार्टीका नेताकार्यकर्तामाथि लगाइएको झुटा मुद्दा खारेज गर्न माग गरे । कोण सभाको संचालन बादलले गरेका थिए ।

त्यसैगरि नवलपुर, दाङ, कालीकोट, कैलाली, कन्चनपुर, पाल्पा, गुल्मी, अर्घाखाँची नवलपरासी लगायतका जिल्लामा पनि राजबन्दीहरुको फोटो प्रदर्शनका साथै कोणसभाहरु सम्पन्न भएको नेकपा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :