नेकपाको सांस्कृतिक महासंघका महासचिव थपलिया गिरफ्तार

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियालाई प्रहरीले गिरफ्तार गरेको छ । थपलियालाई शनिबार बागबजारस्थित उनकै कोठाबाट सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले गिरफ्तार गरेको हो । 

सरकारले नेकपालाई प्रतिबन्ध लगाएयता नेकपा निकट कवि, कलाकार, लेखक, पत्रकार लगायत नेकपाप्रति आस्था राख्नेहरुलाई प्रहरीले धमाधम पक्राउ गर्दै मुद्दा चलाउदै गरीरहेको छ । 

सरकारले सुरक्षाकर्मी परिचालन गरेर नेकपाका नेता–कार्यकर्ताहरूलाई धरपकड गर्ने, गिरफ्तार गर्ने, यातना दिने, झूट्टा मुद्दा लगाउने र बन्दी बनाउने जस्ता गतिविधी बढाउदै लगेको छ ।

२०७६ साउन २५ गते शनिबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :