नेकपाको नेपाल बन्दका कारण पुरै देश ठप्प

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव अत्यधिक परेको छ । बन्दको प्रभाव देशैभरि परेको छ । यता काठमाडौँ उपत्यकामा पनि न्यून मात्रामा साना यातायातका साधन मात्र चलेका छन् भने राजधानीबाट बाहिर लामो दूरीका सवारीसाधन पूर्ण रूपमा ठप्प छन् । उद्योग, कलकारखाना, शैक्षिक संस्था पनि पूर्ण रूपमा बन्द छन् ।
काठमाडौँसँगै झापाको सदरमुकाम बिर्तामोड, विराटनगर, धरान, धनकुटा, उदयपुर, सुनसरीको इटहरी, मकवानपुर, काभ्रे, सिन्धुली, रामेछाप, चितवन, कास्की, गोरखा तनहँु र धादिङका सडकमा बन्दका लागि नेकपाका कार्यकर्ता देखिएका छन् ।
काठमाडौँमा सार्वजनिक तथा निजी सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् । सडकमा सुरक्षाकर्मी, दूध, तरकारी, पेट्रोलियम पदार्थ र एम्बुलेन्स चलेका छन् ।
सरकारले नेकपाविरुद्ध सर्च अभियान सञ्चालन गरेको, कपिलवस्तुमा प्रहरीले गोली चलाई एकजना सर्वसाधारणलाई घाइते बनाएको, रोल्पा, कालीकोट, चितवनलगायत जिल्लाहरूमा अप्रेसन सञ्चालन गरी चरम दमन चलाएको भन्दै नेकपाले नेपाल बन्द आयोजना गरेको हो । पार्टी महासचिव विप्लवले फागुन २४ गते विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका थिए ।
विप्लवले चरणबद्ध सङ्घर्षका कार्यक्रमसहित नेपाल बन्दको आह्वान गरेका थिए जसअनुसार नेपाल बन्द सफल पार्न फागुन २५–२६ प्रचारप्रसार, फागुन २७ कोणसभा, फागुन २८ र २९ मशालजुलुससहित आजका लागि नेपाल बन्द आह्वान गरेका थिए ।

सधै ब्यस्त रहने काठमाडौंको सडक नेकपाको बन्दले ठप्प

तस्बीर : धनन्जय बुढा
तस्बीर : धनन्जय बुढा
तस्बीर : धनन्जय बुढा

२०७५ फागुन ३० गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :