नेकपाका युवा नेता शैलेन्द्र गिरफ्तार


कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्लाको कैलारी गाउपालिका २ उजलीसेमराबाट एरिया सदस्य शैलेन्द्र विसीलाई घरमै बसिरहेकोबेला बैशाख ८ गते दिउसो २ बजे प्रहरीले गिरफ्तार गरेको एरिया इन्चार्ज अविरले बताएका छन् । विनाकारण गिरफ्तार गरिएका विसीलाई तत्काल रिहाइ नगरे देशमा ठुलो भयावह अवस्था आउन सक्ने उनको चेतावनी छ । विसीलाई जिल्ला प्रशासन धनगढीमा राखिएको समाचार प्राप्त भएको छ ।

२०७६ वैशाख ८ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :