जनमुक्ति सेनाको सलामी लिँदै विप्लवले मनाए २५ औँ जनयुद्ध दिवस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले उल्लासमय रूपमा देशविदेशमा २५ औँ जनयुद्ध दिवस मनाइरहँदा पार्टी महासचिव विप्लवले पनि जनसमुदायका बीचमा जनमुक्ति सेनाको सलामी लिँदै र परेड अवलोकन गर्दै भव्यतापूर्वक जनयुद्ध दिवस मनाएको समाचार प्राप्त भएको छ ।

नेकपा स्रोतबाट प्राप्त समाचारअनुसार जनयुद्ध दिवस मनाउँदै पार्टी महासचिव विप्लवले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत जनयुद्धको अधुरो सपना पूरा गर्ने घोषणा गरेका थिए । जनयुद्ध दिवस कार्यक्रमको अध्यक्षता पनि महासचिव विप्लवले गरेका थिए । कार्यक्रमको सञ्चालन भने नेकपाका केन्द्रीय सदस्य विजयले गरेका थिए ।

कार्यक्रमको आरम्भ जनयुद्ध दिवस मनाउन सहभागी पार्टी नेता, कार्यकर्ता र जनसमुदायले सामूहिक रूपमा अन्तर्राष्ट्रिय गीत गायनबाट भएको थियो । आरम्भमै जनमुक्ति सेनाको एक टुकडीले सहिदहरूप्रति सलामी अर्पण गरेको थियो । त्यसपछि जनमुक्ति सेनाले परेड प्रदर्शन गरेको थियो ।

पटका पड्काएर कार्यक्रम आरम्भ गरिएको समाचारमा उल्लेख छ । जनयुद्ध दिवस मनाउन कार्यक्रममा सहभागी भएका सबैले एकापसमा अबिर साटासाट गर्दै टीका लगाइदिएर उत्सवमय वातावरण निर्माण गरेका थिए । कार्यक्रममा उल्लेख्य रूपमा जनताको सहभागिता रहेको पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :