गिरफ्तार गरिएका नेताकार्यकर्ता रिहा गर :अनु

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी मेची–कोसी ब्युरो इन्चार्ज अनुले सरकारलाई अपराधिक दमन बन्द गर्न आग्रह गरेकी छिन । शुक्रबार एक पे्रस विज्ञप्ति जारी गर्दै अनुले सरकारले आस्थाकै आधारमा आफ्नो पार्टीका नेताकार्यकर्ताहरुलाई गिरफ्तार तथा धरपकड गर्ने र झुट्टा मुद्दा लगाउने काम गरेको भन्दै उक्त कार्य बन्द गर्न आग्रह गरेकी हुन् । आज बिहान सो पार्टीका मोरङ सेक्रेटरी कुमार खतिवडालाई निमुवा चोकबाट प्रहरीले गिरफ्तार गरेको थियो ।  सेक्रेटरी खतीवडालाई विनाकारण प्रहरीले पक्राउ गरेको भन्दै इन्चार्ज अनुले विनाशर्त रिहाईको माग समेत गरेकी छिन ।   विज्ञप्ति सहित :

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :