नेपालले मकाउलाई १–० गोलले हरायो

काठमाडौं :३० कात्तिक, मकाउलाई पराजित गर्दै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ । यससँगै यू-२३ सहित उपाधिको हृयाटि्रक मात्र गरेन, पहिलो महादेशीय उपाधि पनि उचाल्यो । मलेसियाको कुचिङमा मंगलबार भएको फाइनल भिडन्तमा नेपालले मकाउलाई १-० गोल अन्तरले पराजित गरेको छ ।नेपालको जितमा सुजल श्रेष्ठले निर्णायक गोल गरे । खेलको २९ औं मिनेटमा भरत […]

नेदरल्याण्ड्समाथि नेपालको जित

काठमाडौं: आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि १९ रनको जित दर्ता गरेको छ। योसँगै नेपाल जारी प्रतियोगितामा नेदरल्याण्डलाई हराउने पहिलो टोलीसमेत बन्यो। नेपालले दिएको २१८ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्ड्स ४८ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर १९८ रनमा समेटियो।  टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित पुरै ५० […]

नेदरल्याण्ड्सविरुद्ध पारस खड्काले बनाए ८४ रन

काठमाडौंः वर्ल्ड  क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको दोस्रो खेलमा नेपालका कप्तान पारस खड्का ८४ रन बनाएर आउट भएका छन्। टस हारेर पहिले व्याटिङ गरेको नेपालका लागि दोस्रो खेलमा पारसले नेदरल्याण्ड्सविरुद्धको ८४ रन बनाएका हुन्। ९४ बलको सामना गरेका पारसले ७ चौका र एक छक्का प्रहार गरे। सोमबारको दोस्रो खेलमा पनि नेपालले राम्रो सुरुवात गर्न सकेन। नेपालको […]

प्रचण्डसँग भिड्न वामदेवको शर्तः दलको नेता देऊ

१६ साउन, काठमाडौं । कांग्रेस माओवादी ‘उम्मेदवार’ प्रचण्डसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्ने कि उम्मेवार नै नदिने भन्ने टुंगो नलाग्दा एमालेभित्र सम्भावित दुई प्रत्याशीका रुपमा वामदेव गौतम र सुवास नेम्वाङ चर्चामा छन् । पार्टीमा वामदेव बरिष्ठ उपाध्यक्ष हुन् भने नेम्वाङ संसदीय दलका उपनेता । यसैबीच गौतम पक्षले प्रधानमन्त्रीमा प्रचण्डसँग वामदेवलाई प्रतिस्पर्धामा उतार्ने हो भने पहिले संसदीय दलको […]

झापाका विस्थापित परिवार घर फर्किन थाले

५ साउन, झापा । करिब एक सातादेखि झापामा परेको अविरल वर्षाको क्रम बुधबारदेखि सामान्य भएपछि केही क्षेत्रका विस्थापित परिवार घर फर्किएका छन् । आफ्नो घर जलमग्न भएपछि सुरक्षितमा सारिएका कतिपय विस्थापित परिवारहरु पानीको सतह घटेपछि घर फर्किन थालेको नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापाले जनाएको हो । झापाको महाभरा-४, चकचकी ८ र ४, घेराबारी-३, कनकाई-५, […]

बाढीपहिरो प्रभावितको उद्धार गर्न गएको टोली नै अलपत्र

१५ साउन, बागलुङ ।  जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि गएकोे टोली बीचैमा अलपत्र परेको छ । ठाउँठाउँमा सडक अवरुद्ध हुँदा हिँडेको तीन दिनमा पनि टोली घटनास्थल पुग्न सकेको छैन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन, रेडक्रस, उद्योग वाणिज्य सङ्घलगायतको उद्धार टोली बिहीबार सदरमुकामबाट हिँडेको थियो । टोलीमा संलग्न जिल्ला प्रशासन […]

भारतले बाँध बनाएको बिरोधमा क्रान्तिकारी विद्यार्थीको प्रदर्शन

१५ साउन, काठमाडौं । नेपाल भारत सीमा दशगजा क्षेत्रअन्तर्गत सप्तरीको तिलाठीमा भएको घटनाको विरोधमा माओवादी केन्द्र समर्थित विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रदर्शन गरेको छ । राजधानीको माइतीघर मण्डलामा शनिबार विहान क्रान्तिकारी विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले तिलाठीका स्थानीले भारतले एकतफिर्रुपमा निर्माण गरेको बाधँ भत्कार प्रतिरोध गरेको प्रति सम्मान व्यक्त गरेको प्लेकार्डहरु प्रदर्शन […]