एसीसी यू–१६ क्रिकेटको उपाधि नेपाललाई

काठमाडौं : एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । डिफेन्डिङ च्याम्पियन रहेको नेपालले मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै उपाधि जितेको छ । थाइल्यान्डमा भएको फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको थियो । […]

स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनालाई

काठमाडौं : बार्सिलोनाले लेभान्टेलाई पराजित गर्दै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई १–० गोलको संघर्षपूर्ण जित निकालेको छ । बार्सिलोनाले २६ औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि जित्न सफल भएको छ । बार्सिलोनाले तीन खेल अगाडि नै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको […]

सहिद सप्ताहको अवसरमा युवा सङ्गठनद्वारा भलिबल प्रतियोगिता

काठमाडौँ : सहिद सप्ताहको अवसर पारेर नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल महाकाली ब्युरोले बैतडीको पुर्चाैलीहात नगरपालिका कमल विशाल सहिद पार्कमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको छ । फागुन १४ गते सहिद सप्ताहको पहिलो दिनबाट सुरु भई १७ गते सम्म सञ्चालन भएको खुल्ला भलिबल प्रतियोगितामा १७ वटा टिमले भाग लिएका थिए । प्रतियोगीतामा आयोजक […]

थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेटमा नेपालको सान्दार जीत

काठमाडौँ : थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्याण्डलाई ९ विकेटले हराउँदै नेपालको सान्दार जीत भएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको लक्ष्य नेपालले १ विकेट गुमाएर ३।३ ओभरमा पुरा गर्दै जित हात पार्न सफल भएको हो। नेपालका लागि […]

बंगलादेशमाथि नेपालको शानदार जित, सेमिफाइनलमा प्रवेश

बंगलादेश : आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३–० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो […]

साफ च्याम्पियनसिपको दोस्रो खेलमा भुटानविरुद्ध नेपालको शानदार जित

काठमाडाैँ : बंगलादेशमा जारी  साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४–० को जित हात पारेको छ । पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो । खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० औँ मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए । भुटानी […]

एसिया कप छनौट क्रिकेटमा नेपालको पहिलो जित

काठमाडौँ : एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएको हो । जितका लागि नेपालका बसन्त रेग्मीले ह्याट्रिक गरेका छन् । त्यस्तै सन्दिप लामिछाने र सोमपाल कामी एक्लैले दुई दुई विकेट लिए । नेपालले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याइएको मलेशियाले […]

एसियाली खेलकुदको पाराग्लाइडिङमा नेपाललाई दोस्रो रजत

काठमाडौँ : १८ औं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको छ । नेपाल स्वर्ण पदक जित्नबाट जापानसँग २७ अंकले पछि पर्दै रजत पदक जितेको हो । नेपालले कुल ११ हजार ३६४ अंक ल्याउन सफल भयो भने पहिलो भएको जापानले ११ हजार ३९१ अंक प्राप्त गरेको हो । क्रस कन्ट्री इभेन्टमा खेलिरहेका […]

पहिलाे दिनकाे खेल ब्याडमिन्टनमा नेपाल क्वार्टरफाइनलमा

काठमाडौं : इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकुद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टरफाइनल पुगेको छ।आइतबार भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै नेपाल क्वार्टरफाइनल प्रवेश गरेको जाकर्ताबाट ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी दिए । नेपाली पुरुष ब्याडमिन्टन टोलीमा रत्नजित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ र नवीन श्रेष्ठ रहेका छन् । […]

एसियाली खेलकुद शुरु, पदकको लागि नेपाललाई तेक्वान्दोबाट आश 

काठमाडौं : एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सव इण्डोनेसियाको जार्कातास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा  अाजबाट शुरु भएको छ । शनिबार बेलुका खेलको उद्घाटन त्यहाँका राष्ट्रपति जोको विडोडोले गरेका छन् । उद्घाटन समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिए । उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी […]