उपयोगी कलाकर्मी सङ्घको राष्ट्रिय भेला सम्पन्न

काठमाडौँः मंसिर ३०, अखिल नेपाल जनसांस्कृतिक महासङ्घको नयाँ आङ्गिक सङ्गठन अखिल नेपाल उपयोगी कलाकर्मी सङ्घको प्रथम राष्ट्रिय भेला काठमाडौँमा सम्पन्न भएको छ । भेलाले केशाङ लामा संयोजक रहेको २५ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरेको छ । भेला उद्घाटन गर्दै महासङ्घका अध्यक्ष एवम् नेकपा (माओवादी) का केन्द्रीय सदस्य टेकबहादुर बलम्पाकीले एकीकृत जनक्रान्तिमा जनवादी संस्कृतिकर्मीको भूमिका […]

शाहीसत्ताद्वारा बलात्कृत किशोरीहरूको कथा

२०५७ साल वैशाख १० गते त्यो दिन बिहानै मनुजी (श्रीमती मनु हुमागाईं) दुईवटी केटीका साथमा मेरो घरमा आइपुगिन् । तीनैजनाले जुत्ता फुकाली मलाई बडो शिष्टतापूर्वक नमस्कार गरे । सारै अप्ठ्यारो र असजिलो मानी मेरो कोठाभित्र बसे । ती केटीहरूलाई मनुले भनिन्, ‘यता बस ।’ दुवै केटीहरू सोफामा नबसी तल कार्पेटमाथि सारै नै खुम्चेर बसे । […]

पुराना चाडपर्व र कम्युनिस्ट : अनिल शर्मा

 २०७३ सालको गुरुपूर्णिमा, तीज अथवा हरितालिका, जितिया, इदलगायतका चाडपर्वहरू भर्खरैभर्खरै बिदा भएका छन् एक वर्षका लागि । गएका चाडपर्वले भन्दा बढी नेपाली समाजलाई प्रभावित पार्ने दसैँ, तिहार, छठलगायत चाडपर्वले नेपाली समाजलाई प्रभावित पारिसकेको छ । हरेक वर्ष सामान्ती आडम्बर, पुँजीवादी रबाफ र बजारको उपभोक्तावादी विकृति पनि थपिँदै गएको छ । चाडबाड संस्कृतिको एउटा अङ्ग हो । चाडबाड वा संस्कृति भन्नाले नाचगान  भोजभतेर, रसरङ आदिलाई मात्र […]

विद्रोही मनहरु : नारायण नेपाल

विद्रोही मनहरु  गजल   डडेलोले उजाङ पार्यो यता सुन्दर वनहरु  प्रतिरोधको बिम्ब झल्क्यो विद्रेही यी मनहरु । शोसनको जालोभित्र रुमल्लिँदै दौडिएका भौतारिँदै मुक्तिमार्ग खोजिरा’छन् मनहरु । उपेक्षा र तिरस्कारका शब्द बर्षा गर्दै तिमी बाँकी केही छुट्या भए आजै भन सुन्छु अरु । शब्दभित्र आगो हुन्छ विद्रोहको मसाल बल्छ सिर्जनाको बगैँचामा अब फुल्छ अरु । जँघार तर्ने […]

विद्रोही मनहरु सार्वजनिकीकरण

गजलकार नारायण नेपालद्वारा लिखित गजल संग्रह ‘विद्रोही मनहरु’ को शुक्रबार सार्वजनीकीकरण भएको छ । सो कार्यक्रमको आयोजना नुवाकोट काठमाडौं जनगणतान्त्रिक सम्पर्क मञ्चले गरेको थियो । मञ्चका अध्यक्ष उद्धव पौडेलद्वारा समाध्यक्ष गरिएको थियो । राजु अधिकारीद्वारा उद्घोषण गरिएको सो कार्यक्रममा कृष्ण तामाङले स्वागत मन्तव्य राखेका थिए । सो कार्यक्रमका अतिथिहरु अनिल शर्मा, मणी थापा, युग पाठक, […]

नेपाली भाषा विवादको अन्तर्य : अनिल शर्मा

अनिल शर्मा केही समययता नेपाली भाषाको व्याकरणका विषयमा उठिरहेको बहस यसबेला उत्कर्षमा पुगेको छ । तत्कालिन शिक्षा मन्त्री दीनानाथ शर्माले आफूलाई झुक्याएर सहमती गराएको भन्दै आत्मालोचना गरेपछि विवाद झन् उत्कर्षमा पुगेको हो । त्यसक्रममा केही दिनयता काठमाडौंका नेपाली भाषा प्रेमीहरुले ‘नेपाली भाषा बचाऔं अभियानः २०७२’ घोषणा गरेका छन् । उनीहरुले नेपाली भाषाका सन्दर्भमा तीन विषय […]

इच्छुक र जनसंस्कृतिकर्मीको सम्बन्ध – खेम थपलिया

रसियन क्रान्तिले गोर्की र चिनियाँ क्रान्तिले लु सुनजस्तै नेपाली धर्तीमा महान् जनयुद्धले कृष्ण सेन ‘इच्छुक’ लाई जन्मायो । नेपाली धर्तीमा उहाँले गौरवपूर्ण बलिदान प्राप्त गर्नुभयो । उहाँ क्रान्तिकारी आस्थाको रक्षार्थ सदैव प्रेरक हुनु भएको छ । आफ्नै सहयोद्धाको गद्दारीका कारण तत्कालीन सत्ताले २०५९ साल जेठ ६ गते काठमाडौँबाट इच्छुकलाई गिरफ्तारी ग¥यो । एक सातासम्म निर्मम […]

अल बिदा महाश्वेतादेवी

भारतीय जनसाहित्यको अग्रीम पङ्क्तिमा रहेकी लोकप्रिय कवि तथा लेखक महाश्वेतादेवी (सन् १९२६ सन् २०१६) को ९० वर्षको उमेरमा गएको बिहीबार कलकत्तामा दुःखद् निधन भएको छ । बंगाली भाषा साहित्यमा विशिष्ट नाम स्थापित गराउन सफल महाश्वेतादेवीको जन्म सन् १९२६ मा ढाकामा भएको थियो । उनका पिता मनीष घटक पनि बंगाली भाषाका स्थापित लेखक थिए । महाश्वेताका […]

प्रचण्डसँग भिड्न वामदेवको शर्तः दलको नेता देऊ

१६ साउन, काठमाडौं । कांग्रेस माओवादी ‘उम्मेदवार’ प्रचण्डसँग प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्ने कि उम्मेवार नै नदिने भन्ने टुंगो नलाग्दा एमालेभित्र सम्भावित दुई प्रत्याशीका रुपमा वामदेव गौतम र सुवास नेम्वाङ चर्चामा छन् । पार्टीमा वामदेव बरिष्ठ उपाध्यक्ष हुन् भने नेम्वाङ संसदीय दलका उपनेता । यसैबीच गौतम पक्षले प्रधानमन्त्रीमा प्रचण्डसँग वामदेवलाई प्रतिस्पर्धामा उतार्ने हो भने पहिले संसदीय दलको […]

झापाका विस्थापित परिवार घर फर्किन थाले

५ साउन, झापा । करिब एक सातादेखि झापामा परेको अविरल वर्षाको क्रम बुधबारदेखि सामान्य भएपछि केही क्षेत्रका विस्थापित परिवार घर फर्किएका छन् । आफ्नो घर जलमग्न भएपछि सुरक्षितमा सारिएका कतिपय विस्थापित परिवारहरु पानीको सतह घटेपछि घर फर्किन थालेको नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापाले जनाएको हो । झापाको महाभरा-४, चकचकी ८ र ४, घेराबारी-३, कनकाई-५, […]